२०८२, ११ चैत्र बिहीबार

बेथानचोकका ८५ जना भूकम्पप्रभावितको दोस्रो किस्ताको फारम कहाँ हरायाे ?

बेथानचोकका ८५ जना भूकम्पप्रभावितको दोस्रो किस्ताको फारम कहाँ हरायाे ?


काभ्रेको बेथानचोक गाउँपालिकाका ८५ जना भूकम्पप्रभावितले आफुहरुको दोस्रो किस्ता रकमको फारम बेपत्ता पारेको आरोप लगाएका छन् । पुस मसान्तभित्रै भरेको फारमको रकम नआएपछि गाउँपालिकाको वडा नम्बर २ र ३ ढुंखर्कका भूकम्पप्रभावितले जिल्ला स्थित पुननिर्माण प्राधिकरणको सचिवालय, भवन डिभिजन कार्यालयमा आएर बुझ्दा फारम नै नभेटिएपछि उनीहरुले बेपत्ता पारेको आरोप लगाएका हुन् । “डिपीसी तह सकेर पुस २४ गते फारम भरेको थिएँ, इन्जिनियरले भरेको फारम देखाउँदै स्थानीय सोमनाथ तिमल्सिनाले भने “सँगैको साथीको पैसा आयो मेरो चाँहि आएन, के भएछ भनेर बुझ्दा फारमनै जिल्लामा बुझाएका रहेछन् ।”

इन्जिनियरको अभावमा लामो समयदेखि दोस्रो किस्ताको फारम उक्त दुई वडामा भरिएको थिएन् । तर छिमेकी वडा च्यासिङखर्कका इन्जिनियर ध्रुब सेढाईलाई बोलाएर फारम भर्न लगाइयो । समय गुज्रिसकेकाले उनले पनि फिल्ड नगई धमाधम फारम भरे । “फिल्ड जाने समय नै थिएन, उनले भने “फोटोको आधारमा जनप्रतिनिधि राखेर फारम भरियो, पछि डिपीसी नगरेको ब्यक्तिको पनि फर्ममा नाम परेछ ।”

यसरी डिपीसी नगरेका ब्यक्तिको समेत फारम भरेको गुनासो पछि जनप्रतिनिधिहरु अनुगमनमा पनि खटिएका थिए । “छड्के चेकजाँचका लागि मेरो घरमा पनि आउनु भएको थियो, सोमनाथले भने “मेरो त डिपीसी भइसकेर फारम भरेको थिए ।” उक्त दुई वडामा पहिलो किस्ता पाएका १ हजार १ सय ५५ जना लाभग्राहि छन् । जनप्रतिनिधिकै आग्रहमा ४० देखि ४५ जनाको फारम रद्द गरिएको इन्जिनियर सेढाईले जानकारी दिए । “जनप्रतिनिधिकै आग्रहमा भरिसकेको फारम रद्द गरिएको हो, इन्जिनियर सेढाईले भने “रद्द गरिएको फारम मसँग सुरक्षित छ ।”
वडा नम्बर २ का वडाध्यक्ष दिल बहादुर श्रेष्ठले सुरुमा डिपीसी नसकिएका ७ जना लाभग्राहिले फारम भरेको र त्यो रद्द गरेर पछि डिपीसी सकिएपछि पुनः फारम भरेको बताए । स्थानीय भूकम्पप्रभावितले वेदप्रसाद तिमल्सिनाको नेतृत्वमा ७ सदस्यीय विरोध समिति समेत गठन गरेका छन् । उनीहरुले विरोधका कार्यक्रम पनि सुरु गरिसकेका छन् । चैत १३ गते गाउँपालिकाको कार्यालय घेरा र धर्ना कार्यक्रम रहेको संयोजक तिमल्सिनाले जनाए ।

प्रकाशित मिति : २०७४, ९ चैत्र शुक्रबार  ८ : ४६ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा