२०८२, २६ पुस शनिबार

बेथानचोकका ८५ जना भूकम्पप्रभावितको दोस्रो किस्ताको फारम कहाँ हरायाे ?

बेथानचोकका ८५ जना भूकम्पप्रभावितको दोस्रो किस्ताको फारम कहाँ हरायाे ?


काभ्रेको बेथानचोक गाउँपालिकाका ८५ जना भूकम्पप्रभावितले आफुहरुको दोस्रो किस्ता रकमको फारम बेपत्ता पारेको आरोप लगाएका छन् । पुस मसान्तभित्रै भरेको फारमको रकम नआएपछि गाउँपालिकाको वडा नम्बर २ र ३ ढुंखर्कका भूकम्पप्रभावितले जिल्ला स्थित पुननिर्माण प्राधिकरणको सचिवालय, भवन डिभिजन कार्यालयमा आएर बुझ्दा फारम नै नभेटिएपछि उनीहरुले बेपत्ता पारेको आरोप लगाएका हुन् । “डिपीसी तह सकेर पुस २४ गते फारम भरेको थिएँ, इन्जिनियरले भरेको फारम देखाउँदै स्थानीय सोमनाथ तिमल्सिनाले भने “सँगैको साथीको पैसा आयो मेरो चाँहि आएन, के भएछ भनेर बुझ्दा फारमनै जिल्लामा बुझाएका रहेछन् ।”

इन्जिनियरको अभावमा लामो समयदेखि दोस्रो किस्ताको फारम उक्त दुई वडामा भरिएको थिएन् । तर छिमेकी वडा च्यासिङखर्कका इन्जिनियर ध्रुब सेढाईलाई बोलाएर फारम भर्न लगाइयो । समय गुज्रिसकेकाले उनले पनि फिल्ड नगई धमाधम फारम भरे । “फिल्ड जाने समय नै थिएन, उनले भने “फोटोको आधारमा जनप्रतिनिधि राखेर फारम भरियो, पछि डिपीसी नगरेको ब्यक्तिको पनि फर्ममा नाम परेछ ।”

यसरी डिपीसी नगरेका ब्यक्तिको समेत फारम भरेको गुनासो पछि जनप्रतिनिधिहरु अनुगमनमा पनि खटिएका थिए । “छड्के चेकजाँचका लागि मेरो घरमा पनि आउनु भएको थियो, सोमनाथले भने “मेरो त डिपीसी भइसकेर फारम भरेको थिए ।” उक्त दुई वडामा पहिलो किस्ता पाएका १ हजार १ सय ५५ जना लाभग्राहि छन् । जनप्रतिनिधिकै आग्रहमा ४० देखि ४५ जनाको फारम रद्द गरिएको इन्जिनियर सेढाईले जानकारी दिए । “जनप्रतिनिधिकै आग्रहमा भरिसकेको फारम रद्द गरिएको हो, इन्जिनियर सेढाईले भने “रद्द गरिएको फारम मसँग सुरक्षित छ ।”
वडा नम्बर २ का वडाध्यक्ष दिल बहादुर श्रेष्ठले सुरुमा डिपीसी नसकिएका ७ जना लाभग्राहिले फारम भरेको र त्यो रद्द गरेर पछि डिपीसी सकिएपछि पुनः फारम भरेको बताए । स्थानीय भूकम्पप्रभावितले वेदप्रसाद तिमल्सिनाको नेतृत्वमा ७ सदस्यीय विरोध समिति समेत गठन गरेका छन् । उनीहरुले विरोधका कार्यक्रम पनि सुरु गरिसकेका छन् । चैत १३ गते गाउँपालिकाको कार्यालय घेरा र धर्ना कार्यक्रम रहेको संयोजक तिमल्सिनाले जनाए ।

प्रकाशित मिति : २०७४, ९ चैत्र शुक्रबार  ८ : ४६ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,