२०८३, २९ भाद्र मंगलबार

पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराएरै छाड्छुःसञ्चार राज्यमन्त्री बास्कोटा

पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराएरै छाड्छुःसञ्चार राज्यमन्त्री बास्कोटा


सूचना, सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सरकार लाग्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित प्रेस चौतारी नेपालको बधाई ज्ञापन कार्यक्रममा उनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराउने सम्बन्धमा कानून बनाउन पनि पहल गर्ने प्रतिबद्ध व्यक्त गरे ।“न्यूनतम पारिश्रमिक लागू गराउने जिम्मा सरकारको हो”, राज्यमन्त्री बाँस्कोटाले भने “तर सञ्चारमाध्यमको पनि उत्तिकै समान जिम्मेवारी रहन्छ, त्यसैले राज्यले सबै मिडिया हाउसलाई सुविधा दिएकाले न्यूनतम पारिश्रमिक लागू गराउनमा उनीहरुको पनि हिस्सेदारी हुन्छ ।”

उनले सामजिक सद्भाव, राष्ट्रको स्वाधीनता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनका लागि सरकार मात्र होइन, मिडियाले पनि कलम चलाउनुपर्ने बताए । आमसञ्चार नीति सञ्चारमाध्यमका लागि उपलब्धि भएको उल्लेख गर्दै उनले नीति लागू गर्नका लागि आवश्यक अन्य कानून पनि बनाइने बताए । राज्यमन्त्री बाँस्कोटाले अघिल्लो सरकारले ल्याएको अनलाइन निर्देशिकामा रहेका नराम्रो कुरालाई हटाइने बताउँदै सञ्चारसम्बन्धी ६ वटा नयाँ ऐन र १२ वटा पुराना कानूनलाई संशोधन गर्न थालिएको समेत जानकारी दिए । कार्यक्रममा राज्यमन्त्री बाँस्कोटालाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले स्वागत तथा महासचिव राजेश राईले सञ्चारमाध्यममा देखिएका समस्याबारे जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०७४, ९ चैत्र शुक्रबार  ७ : ५४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक