२०८२, ३१ असार मंगलबार

काभ्रे प्रदेशको राजधानी हुदैँनः राप्रपा अध्यक्ष थापा (भिडियो सहित)

काभ्रे प्रदेशको राजधानी हुदैँनः राप्रपा अध्यक्ष थापा (भिडियो सहित)


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काभ्रे जिल्ला प्रदेश ३ को राजधानी नहुने बताएका छन् । धुलिखेलमा दुईदिनसम्म चलेको पार्टी उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै थापाले मकवानपुर नै प्रदेश तीनको स्थायी राजधानी हुने स्पष्ट पारे । प्रदेश ३ भित्रपर्ने सबै जिल्लाबाट बढीमा ३ घण्टाभित्र हेटाँैडा पुग्ने सकिने भन्दै उनले काभ्रेलाई प्रदेश ३ को आर्थिक राजधानी बनाउने तर्फ आफ्नो पार्टी क्रियाशिल हुने बताए । “प्रदेश ३ को स्थायी राजधानी मकवानपुर नै हो, उनले भने “काभ्रेलाई आर्थिक राजधानी बनाउनुपर्छ ।”

अस्थायी राजधानी तोकिएकै ठाउँमा अहिले धमाधम बैठक र प्रदेश सञ्चालनका नीति नियम बनाउने काम भइरहेको भन्दै उनले प्रदेश राजधानीलाई चाहिने सम्पूर्ण भौतिक पूर्वाधार मकवानपुर जिल्लासँग रहेको दाबी समेत गरे । “सबै हिसाबले मकवानपुर उपयुक्त छ, कुनै विवाद गर्नुपर्ने अवस्था छैन्, थापाले भने “काभ्रे जिल्लाको आफ्नो छुट्टै विशेषता छ, यहाँको सम्भावनालाई समृद्धिमा बदल्न आर्थिक राजधानी बनाउनुपर्छ ।”

हेर्नाेस्  भिडियाेः

https://www.youtube.com/watch?v=M3JIGiXeyDY

 

प्रकाशित मिति : २०७४, ९ चैत्र शुक्रबार  ६ : ०८ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे