२०८२, २७ श्रावण मंगलबार

वडाध्याक्ष केसीलाई ज्यान मार्ने धम्की, जनप्रतिनिधिको काममा प्रहरीको तीब्र असहयोग

वडाध्याक्ष केसीलाई ज्यान मार्ने धम्की, जनप्रतिनिधिको काममा प्रहरीको तीब्र असहयोग


बनेपा,  जनप्नतिनिधिको काममा प्रहरी प्रशासनले तीब्र असहयोग गरेको पाइएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले चण्डेश्वरी खोलादेखि धुलिखेलको सिमासम्म अरनिको राजमार्ग विस्तार गर्ने क्रममा इलाका प्रहरी कार्यालयले सहयोग नगरेको हो ।

यो खण्डमा सडक अतिक्रमण गरी विभिन्न ब्यवसायीले वर्कशप, हार्डवेयर सञ्चालन गरेका थिए । सडक मिचेर पार्किङ गरेको टिपर हटाउन सोमबार वडाध्यक्ष केसी, वडा सदस्य कृष्णमणि कुईकेल लगायतका जनप्रतिनिधिले आग्रह गर्दा टिपर चालकका साथी बनेपा नगरपालिका वडा नम्बर ६ का कमल बञ्जराले विभिन्न अपशब्द बोल्दै वडा सदस्य कृष्णमणि कुईकेललाई ज्यान मार्ने धम्की दिएका थिए । यो सडक खण्डमा ७५ फिट फराकिलो पार्ने काम भइरहेको छ ।

उनले धम्की दिएपछि प्रहरीलाई वडाध्यक्ष केसीले खबर गरे । इलाका प्रहरी कार्यालयले पक्राउ पनि गर्यो । तर पछि वडासँग कुनै समन्वय नगरी एकघण्टा पनि नबित्दै बञ्जरालाई रिहाई गर्यो । राजमार्गको दायाबायाँ फराकिलो बनाउने जनप्रतिनिधिको जिल्लाभर हाई हाई भइरहेका बेला प्रहरीले दोषिलाई उन्मूक्ति दिएर काम गर्ने जनप्रतिनिधिहरुको मनोबल गिराउन खोजेको छ । यद्यपि प्रहरीले सुरुमा दायाँबायाँका संरचना हटाउन भने सहयोग गरेको थियो ।

वडा कार्यालयमै आक्रमणको प्रयास
सडक मिचेरै ब्यापार ब्यवसाय गर्न पाउँनुपर्ने भन्दै मंगलबार कमल बञ्जराकै नेतृत्वमा वडा कार्यालयमै आक्रमणको प्रयास भएको छ । उनीहरुले वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष सचितानन्द केसी लगायत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की दिनुका साथै तथानाम गालीगलोज गरेका थिए । बञ्जरा करिब १ दर्जनको हाराहारिमा राजमार्ग आसपासका अराजक ब्यक्ति बटुलेर वडा कार्यालय पुगेका थिए ।

वडा कार्यालयमै आक्रमण प्रयास भएपछि वडाध्यक्ष केसी एसपीलाई भेट्न धुलिखेल पुगेका थिए । तर उनले भेटन मानने । “फोनमा कुरा गर्दा एसपी सहकुल बहादुर थापाले बनेपा प्रहरी कार्यालयलाई जानकारी गराइदिन्छु भने र म बनेपा प्रहरी कार्यालयमा पुगे तर उनीहरुले वास्तै गरेनन्, अध्यक्ष केसीले भने । अराजक जथाको नेतृत्व गरेका बञ्जरा यसअघि पनि समाजमा विकृति फैलाउने काममा संलग्न हुदैँ आइरहेका छन् । प्रहरीले उनकै चाँहि पक्षपोषण गरेको छ । अपराधिलाई कारबाहि गर्ने भन्दा पनि इलाका प्रहरी कार्यालयका निमित्त प्रमूख भक्त कुमार श्रेष्ठले भने “हामी दुबै पक्षलाई एकै ठाउँमा राखेर पुनः छलफल गर्छौँ ।”

प्रकाशित मिति : २०७४, ६ चैत्र मंगलबार  ८ : २३ बजे

सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त, पत्रकारिताबाट व्यवस्थापनमा प्रवेश

काठमाडौं । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील सन्दिप राई

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै, सत्ता समीकरण बलियो तर चुनौति यथावत्

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३