२०८२, ११ चैत्र बिहीबार

काभ्रेको च्याम्राङबेसी र चलालगणेशस्थानमा नमुना घर हस्तान्तरण

काभ्रेको च्याम्राङबेसी र चलालगणेशस्थानमा नमुना घर हस्तान्तरण


बेथानचोक गाउँपालिका वडा नम्बर १ च्याम्राङबेसीमा नमूना घर हस्तान्तरण गरिएको छ । ग्रामीण समाज कल्याण संघ आर्सो नेपालको समन्वयन र मर्सिको नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमूख अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले यो नमूना घर हेर्दै भूकम्पप्रतिरोधात्मक घर बनाउन चाम्राङबेसीका भूकम्पप्रभावितलाई सजिलो हुने बताए ।

७ लाख रुपैयाँ लगानीमा निर्माण भएको उक्त घरबाट बेथानचोक गाउँपालिका वडा नम्बर १ को दैनिक कामकाज सञ्चालन गरिने गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए । तीन कोठा र एउटा बार्तलिरहेको उक्त घर ढुंगा माटोको जडानमा निर्माण गरिएको हो । “वडाको दैनिक काम यहि घरबाट सञ्चालन हुन्छ, उनले भने “यहि नमूना घर हेरेर वडा भूकम्पप्रभावितहरुलाई आफ्नो घर बनाउन समेत मद्दत पुग्नेछ ।”

 

घर हस्तान्तरण बोल्दै कार्यक्रममा आर्सो नेपालका अध्यक्ष जीतराम लामाले विभिन्न संघसंस्थाहरुले भएका ज्ञान र सीपलाई राज्यको निकायले उपभोग गर्न सके गाउँबाट समृद्धिको ढोका खोल्ने बताए । मर्सिको नेपालका कार्यक्रम अधिकृत अभिमन्यू हुमागाईले हामीले बनाएको संरचना बालियो नभएकै कारण धेरैको ज्यान जोखिममा पर्ने गरेको भन्दै अब भनेको संरचना त्यस्तो नहुने बताए । साथै उनले यो भवन हेरेर आफ्नो घर बनाउन पनि वडाका भूकम्पप्रभावितलाई प्रेरणा मिल्ने बताए ।

चलालगणेशस्थानमा निर्माण गरिएको नमुना घर

कार्यक्रममा महिला अधिकारकर्मी गोमा गोले भूकम्प आएको बेला यो वडाका गर्भवति महिला निकै जोखिममा रहेको त्यो बेला यस संस्थाले गरेको सहयोग अतुलनिय रहेको भन्दै यस्तो कार्यक्रमहरु गाउँपालिकाले पनि संञ्चालन गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा आर्सो नेपालका कार्यक्रम संयोजक माधवराज मैनाली, वडाध्यक्ष सोमनाथ घिमिरे, चक्रेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु दाहाल लगायतले संस्थाले यस वडामा बनाएको नमूना घरले धेरैलाई मद्दत पुग्ने उल्लेख गरे ।

संस्थाले यस्तै खालको भवन बेथानचोक गाउँपालिका वडा नम्बर ४ घर हस्तान्तरण गरिएको छ । गाउँपालिकाका उपप्रमूख सरिता लामिछाने तामाङको प्रमूख आतिथ्यतामा घर हस्तान्तरण गरिएको हो । कार्यक्रममा स्थानीय समाजसेवी प्रेम लामा, वडाध्यक्ष लाल बहादुर श्रेष्ठ, संस्थाका कार्यक्रम अधिकृत प्रवीण पन्त लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७४, ६ चैत्र मंगलबार  २ : २० बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा