२०८३, २८ असार सोमबार

मेरो सम्पत्ति एक वर्षमा कहाँ कति बढ्यो र कुन आम्दानी हो भनेर देखाउँछुः कानुन मन्त्री तामाङ

मेरो सम्पत्ति एक वर्षमा कहाँ कति बढ्यो र कुन आम्दानी हो भनेर देखाउँछुः कानुन मन्त्री तामाङ


चैत्र ५ काभ्रे । नव नियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै काम थालेका छन् । उनले मन्त्री बनेको चौथो दिन मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गर्ने प्रचलन भए पनि मन्त्री तामाङले मन्त्रालयमा नै सञ्चारकर्मीहरुबीच सम्पत्ति सार्वजनिक गरी काम शुरु गरेका छन् ।

सञ्चारकर्मीहरुबीच मन्त्री तामाङले राज्यका संवैधानिक निकाय तथा जनप्रतिनिधि र कर्मचारीहरुको सम्पत्ति विवरण अद्यावधिक गर्दै जनताबीच सार्वजनिक गर्नका लागि आवश्यक परे कानुननै बनाउने बताएका थिए ।

‘सबैले सम्पत्ति विवरण सार्वजनिक गर्ने हो भने टेबुलमुनीबाट खाने प्रवृत्ति स्वतः कम हुन्छ’
न्यायाधीशहरुको पनि सम्पत्ति विवरण सार्वजनिक गराउन कानुन चाहिएमा निर्माण गरिनेछ

न्यायाधीशहरुको बारेमा जनस्तरबाट प्रश्न उठेको भन्दै तामाङले अब सर्वोच्च अदालतलेखि जिल्ला अदालतसम्मका सबै न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएका छन् । ‘न्यायाधीशहरुको सम्पत्ति विवरण पेश त हुन्छ तर सार्वजनिक हुँदैन, अब जनताबीच सार्वजनिक गर्ने कानुन चाहिए हामी त्यो पनि बनाउछौं’ उनले भने ।

मन्त्री तामाङले पारदर्शीपूर्ण तवरमा प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म र मुख्य सचिवदेखि तल्लो तहका कर्मचारी समेतको सम्पत्ति विवरण कम्तीमा एक वर्षमा अध्यावधिक गरिरहनुपर्ने धारणा व्यक्त गरे ।

‘म मेरो सम्पत्ति एक वर्षमा कहाँ कति बढ्यो र कुन आम्दानी हो भनेर देखाउँछु, सबैले सम्पत्ति विवरण सार्वजनिक गर्ने हो भने टेबुलमुनीबाट खाने प्रवृत्ति स्वतः कम हुन्छ’ मन्त्री तामाङले भने ।

कानुन मन्त्री तामाङको सम्पत्ति कति ?

मन्त्री तामाङले सोमबार मन्त्रालयमै भरेको सम्पत्ति विवरणमा पत्नी उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दाम जग्गामा रहेको घर । तामाङको नाममा मोरङमा भएको जग्गाजमीन । त्यस्तै मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ भने पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा छ । त्यस्तै उषाकलाकै नाममा खोटाङमा रहेको जग्गा । प्रदेशसभा सदस्य उषाकलाको माइती खोटाङ हो । उनी त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकसमेत हुन् ।

तामाङको नाममा रहेको काठमाडौं महानगरपालिका ९ मा ६ आना आना जग्गा । त्यस्तै मन्त्री तामाङको सम्पत्ति विवरणमा ३० तोला सुन देखाइएको छ । मन्त्री तामाङको बिभिन्न संस्थाको १५ लाख बराबरको शेयर रहेको छ । तामाङको ऋण भने कृषि विकास बैंकमा ४० लाख र अन्य बै‌ंकहरुमा ३० लाख गरी ७० लाख रुपैयाँ ऋ्ण देखिएको छ । एउटा गाडी, एउटा मोटरसाइकल र २ थान ल्यापटप पनि उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७४, ५ चैत्र सोमबार  ५ : १७ बजे

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले