२०८२, १२ चैत्र शुक्रबार

रातारात बाडिएको टिकटले भरियो काभ्रे महोत्सव

रातारात बाडिएको टिकटले भरियो काभ्रे महोत्सव


धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवमा आज अहिलेसम्मकै उल्लेख्य दर्शक देखियो । जति स्टलहरु छन् ती सबैमा दर्शकहरुको घुईचो थियो । शुक्रबार दिउँसै निधाएका ब्यापारीहरु शनिबार भ्याइनभ्याइ थिए । रंगाशाला पुरै भरिएको थियो । एकैदिन कम्तिमा ५ हजार दर्शक रहेको अनुमान गरिएको छ । कलाकारहरुले नचाए । दर्शक नाचे ।

अघिल्लो हप्ताको शनिबार मुस्किलले २ हजार दर्शकले टिकट काटेका थिए । त्यसपछिका दिनहरु लगभग सुनसान जस्तै थियो । तर महोत्सवमा शनिबारको दिन एकाएक कसरी यतिधेरै दर्शक आइपुगे ? हामीले यसको भित्री पाटो बुझ्ने कोशिस गर्यौ । शनिबार टिकट घरबाट साझँ ६ बजेसम्म जम्मा १५ सय मात्रै टिकट काटिएको महोत्सवको ठेक्का पाएका मंगला एमुइज प्रालिका निर्देशक दिपक न्यौपानेले बताए । तर रंगशाला भित्र दर्शकको संख्या कसरी ह्वात्तै बढ्यो त ?

महोत्सव चलिरहेको स्थान नजिकैका अड्डा बजार, भट्टीडाँडा, सरस्वती बजार, पकुचा, खावा लगायतका ठाउँबाट समेत अवलोकनका लागि दर्शक नआएको भन्दै आयोजकले चौतर्फी आलोचना खेपिरहेको थियो । दबाबका माज शनिबार नै सकिने भनिएको महोत्सवको एकदिन समय थप गरियो । र शुक्रबार रातारात जिल्लाका विभिन्न गाउँहरुमा पुगेर महोत्सव हेर्न आउनु भनियो र हातमा टिकट थमाइयो । बनेपा, पनौती, भकुण्डे, पात्लेखेत, पाँचखाल लगायतका स्थानमा शुक्रबार राति २५ सयको हाराहारिमा निःशुल्क टिकट वितरण गरिएको थियो । आयोजकको निर्देशनमा यसरी निःशुल्क टिकट वितरण गरिएकाले शनिबार दर्शकको घुईचो लागेको ठेक्केदार कम्पनीले जनाएको छ ।

टिकटको मूल्य ६० रुपैयाँ तोकिएको छ । विद्यार्थी, बृद्धबृद्धा, अपांग र अशक्त ब्यक्ति ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । निःशुल्क टिकट वितरण गर्दा ठेक्केदारलाई १ लाख ५० हजारभन्दा बढी घाटा लागेको छ भने आयोजकहरु चाँहि दर्शकको संख्या बढेको भन्दै मञ्चमा खुशी भएर कलाकारसँगै नाचे ।

प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार  ७ : ४२ बजे

मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि १०० कार्य स्वीकृत

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको कार्की आयोगको

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अन्ततः

कानुनमन्त्री सोविता गौतमको पहिलो निर्णय: बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी कानुन संशोधन गरिने

काठमाडौं । सोविता गौतम नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला

सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्। आज