२०८२, २६ कार्तिक बुधबार

रातारात बाडिएको टिकटले भरियो काभ्रे महोत्सव

रातारात बाडिएको टिकटले भरियो काभ्रे महोत्सव


धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवमा आज अहिलेसम्मकै उल्लेख्य दर्शक देखियो । जति स्टलहरु छन् ती सबैमा दर्शकहरुको घुईचो थियो । शुक्रबार दिउँसै निधाएका ब्यापारीहरु शनिबार भ्याइनभ्याइ थिए । रंगाशाला पुरै भरिएको थियो । एकैदिन कम्तिमा ५ हजार दर्शक रहेको अनुमान गरिएको छ । कलाकारहरुले नचाए । दर्शक नाचे ।

अघिल्लो हप्ताको शनिबार मुस्किलले २ हजार दर्शकले टिकट काटेका थिए । त्यसपछिका दिनहरु लगभग सुनसान जस्तै थियो । तर महोत्सवमा शनिबारको दिन एकाएक कसरी यतिधेरै दर्शक आइपुगे ? हामीले यसको भित्री पाटो बुझ्ने कोशिस गर्यौ । शनिबार टिकट घरबाट साझँ ६ बजेसम्म जम्मा १५ सय मात्रै टिकट काटिएको महोत्सवको ठेक्का पाएका मंगला एमुइज प्रालिका निर्देशक दिपक न्यौपानेले बताए । तर रंगशाला भित्र दर्शकको संख्या कसरी ह्वात्तै बढ्यो त ?

महोत्सव चलिरहेको स्थान नजिकैका अड्डा बजार, भट्टीडाँडा, सरस्वती बजार, पकुचा, खावा लगायतका ठाउँबाट समेत अवलोकनका लागि दर्शक नआएको भन्दै आयोजकले चौतर्फी आलोचना खेपिरहेको थियो । दबाबका माज शनिबार नै सकिने भनिएको महोत्सवको एकदिन समय थप गरियो । र शुक्रबार रातारात जिल्लाका विभिन्न गाउँहरुमा पुगेर महोत्सव हेर्न आउनु भनियो र हातमा टिकट थमाइयो । बनेपा, पनौती, भकुण्डे, पात्लेखेत, पाँचखाल लगायतका स्थानमा शुक्रबार राति २५ सयको हाराहारिमा निःशुल्क टिकट वितरण गरिएको थियो । आयोजकको निर्देशनमा यसरी निःशुल्क टिकट वितरण गरिएकाले शनिबार दर्शकको घुईचो लागेको ठेक्केदार कम्पनीले जनाएको छ ।

टिकटको मूल्य ६० रुपैयाँ तोकिएको छ । विद्यार्थी, बृद्धबृद्धा, अपांग र अशक्त ब्यक्ति ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । निःशुल्क टिकट वितरण गर्दा ठेक्केदारलाई १ लाख ५० हजारभन्दा बढी घाटा लागेको छ भने आयोजकहरु चाँहि दर्शकको संख्या बढेको भन्दै मञ्चमा खुशी भएर कलाकारसँगै नाचे ।

प्रकाशित मिति : २०७४, ३ चैत्र शनिबार  ७ : ४२ बजे

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि