२०८३, १६ आश्विन शनिबार

बनेपामा नयाँ समितिका गाडीलाई बाटो छेके पुराना समितिका मालिकहरुले

बनेपामा नयाँ समितिका गाडीलाई बाटो छेके पुराना समितिका मालिकहरुले


बनेपा । काठमाडौँ बनेपा रूटमा आजदेखि सञ्चालनमा आएको नयाँ समितिको बसलाई बनेपामा अबरोध सिर्जना गरिएको छ । काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिको दादागीरी र सिन्डीकेट रहेको यस रूपमा मयुर यातायात प्रा।लिले वाइफाई सुविधा सहितको नयाँ बस संचालनमा ल्याएपछि उनीहरुले बाटो छेक्ने प्रयास गरेका हुन् ।

मयूर यातायात प्रालिले आजबाट बनेपा काठमाडौं चक्रपथ परिक्रमा ग र्ने गरी बस सेवा सुरु गरेको छ । नया समितिको बस कोटेश्वर–लोकन्थली ,कौशलटार, गठ्ठाघर,सल्लाघारी, सूर्यविनायक,जगाती, साँगा, बनेपा हुँदै सोही सडक फिर्ता हुने गरी रुट तय गरेको छ । प्रालीले यातायात व्यवस्था विभागको अनुमति पत्र नं ११०६ समेत बसको अगाडी भागमै उल्लेख गरेको छ ।

फोटो : गोविन्द उप्रेतीको फेसबुक वालबाट

यस रुटमा दादागीरी देखाउदै थोत्रा बस संचालन गदै आएका काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका पदाधिकारीहरुले बनेपाको चारदोबाटोमा जम्मा भई नयाँ सुविधा सम्पन्न गाडीलाई रोक्ने र यात्रुहरुलाई चड्न नदिने कार्य गरेका थिए। तर  काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समाजसेवी कृष्णगोपाल भैलले मयुर बसको स्वागतमा फेसबुक बाटै स्वागत गरेको छ ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन ‘स्वागत गरौं सम्पूर्ण बनेपा बासीका तर्फबाट, काभ्रेको बनेपाबासीहरुलाई खुशिको खबर । आजबाट मयुर यातायातको काठमाडौको चक्रपथ परिक्रमा गर्दै बनेपासम्म नयां बस सेवा शुरु भयो ।’ स्मरण रहोस काभ्रे बस र काभ्रे मिनिबस सेवा समितिका दर्जनौं बसहरु २० वर्ष पुराना थोत्रा रहेका छन् ।

बाटो छेक्न पुरानो समितिका पदाधिकारीहरु

सरकारले यस्ता सवारी साधन चैत १ गतेदेखी सञ्चालनमा आए तत्कालै जफत गरि लिलाम गर्ने बताईएको छ । यस समितिको चालक र सहचालकमा अनुशासन रत्तिभर पनि देखिदैन। यो समितिले संकटको बेला पनि यातायातको सुविधा दिएको कुरा बिर्सनु हुँदैन। तर यसको मतलब पुरानो र थोत्रो नै गाडी चढी रहनु पर्छ भन्ने छैन। सडक कुनै अमुख समितिको पेवा होइनन्। त्यसैले प्रतिस्पर्धा गर्न सबैले पाउनु पर्छ।

प्रकाशित मिति : २०७४, १ चैत्र बिहीबार  १० : ३२ बजे

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ

हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित

सुर्खेत । हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन

शनिबार :संकटा मन्दिरमा पूजा–दर्शन(तस्बिरहरु)

हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक