२०८१, १ फाल्गुन बिहीबार

च्याम्राङबेसीका युवातीहरु सिप सिकेर स्वरोजगार बन्दै

च्याम्राङबेसीका युवातीहरु सिप सिकेर स्वरोजगार बन्दै


काभ्रे च्याम्राङबेसीकी शुशिला योञ्जनलाई जागिर नपाइएला कि भन्ने चिन्ता पट्क्कै लागेको छैन् । उसो त अघिल्लो वर्ष कक्षा १२ पास गरेकी उनीले जागिर खोजी हिड्ने झन्झड पनि गरिनन् । “पढेर मात्रै के गर्ने, जागिर पाउन त आफ्नो मान्छे चाहिदोरहेछ ठाउँमा, उनले भनिन्, त्यसैले अहिले जागिर खोज्न भन्दा सिपसिकि रहेको छु, धेरै कुरा जानिपनि सके ।” हातमा सिप भयो भने जहाँ गएपनि सजिलो हुने उनको बुझाई छ ।

उनीसँगै कक्षा १२ सम्मको पढाई पुरा गरेकी यहि गाउँकी मखमली गोले सिङतानले पनि अहिले सिलाई सिकिरहेकी छिन् । विहानै उठ्छिन्, घरधन्दा सकेर, नजिकैको सिलाई तालिम केन्द्रमा पुग्छिन् । “पढेर जागिर नै खानुपर्छ भन्ने पनि छैन्, उनले भनिन्, आपत विपतका बेला सबैभन्दा साथ दिनेभनेको सीप नै रहेछ ।” सुशिला र मखमली सहित यो गाउँका ९ जना युवतीहरु अहिले सिलाई तालिम लिएर गाउँका आमा, काकी, दिदीबहिनीले लगाउने कपडा सिलाउन सक्ने भइसकेका छन् । उनीहरुलाई चाँहि तालिम गाउँकै बिना लामा र सञ्जीता लामाले सिकाइरहेका छन् । ४ वर्षअघि तालिम लिएर बिना र सञ्जीताले गाउँमै टेलर र टेनिङ सेन्टर खोलेका छन् ।

सुरुमा मेसिन चलाउन, कैची समाउन र कपडा नाप्न निकै गाह्रो पथ्र्यो अनिता तिमल्सिनालाई । तर अहिले निर्धक्कसँग मेसिनको पाउजन घुमाउछिन् । सिलाईको डोप दायाँबायाँ पार्दिनन् । “सुरुमा हात काप्थ्यो, उनले भनिन “तर अहिले बानी लाग्यो सक्यो, ससाना बालबालिकाको कपडाहरु सिलाउन सक्ने भइसके ।” घरधन्दा गरेर उप्रिएको समयमा सिलाई गर्ने हो भने घरखर्च लचाउन सकिने अहिले तालिम दिदैँ आएका प्रशिक्षकहरुको भनाइ छ । “आफु र परिवारको कपडा सिलाउन मात्रै सजिलो होइन, आयआर्जन गरेर आफै ब्यवसाय सञ्चालन गर्न पनि सकिन्छ ।” बिना लामाले भनिन । गाउँमा भूकम्पपछि उनीहरुले यसरी सिलाई सिप सिकिरहेका छन् । अब आफै स्वरोगार बन्ने योजना बनाइरहेका छन् उनीहरु ।

तालिमका लागि ग्रामीण समाज कल्याण संघ (आर्सो नेपाल) बनेपाको समन्वयमा मर्सिकोर नेपालले आर्थिक गरेपछि थप हौसाला मिलेको सरिता घिमिरेले बताइन् । “मनभित्र सिप सिक्ने इच्छा त पहिला देखिनै थियो, तर कहाँ गएर सिक्ने केहि थाहा थिएन्, उनले भनिन्, “पछि उहाँहरुले केहि रकम हाम्रो लागि छुट्याइदिनुभयो अहिले सिप सिक्न पाएका छाँै ।” भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत उनीहरुलाई आर्थिक सहयोग गरिएको उक्त कार्यक्रमका संयोजक माधवराज मैनालीले बताए । यो कार्यक्रम सन् २०१५ डेसेम्बर १ देखि सञ्चालन भइरहेको छ । यो कार्यक्रमले, विपत्त जोखिम न्यूनिकरण, वित्तिय सेवा तथा जिवीकोपार्जन र बजार ब्यवस्थापन र लैगिंक तथा समावेशीकरणका क्षेत्रमा काम गर्दे आएको छ । “अहिले यो ३ महिनाको मात्रै तालिम हो, मैनालीले भने “सहभागिहरुले थप अन्य कोर्ष गर्न चाहेमा कार्यक्रम रहदाँसम्म हाम्रो सहयोग जारी रहन्छ ।” कार्यक्रम सकिएपनि गाउँकै सहकारीबाट ऋण लिएर ब्यापार ब्यवसाय गर्न सक्ने मैनालीले बताए । उक्त सहकारीहरुलाई यस कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरिएको छ ।

प्रकाशित मिति : २०७४, २७ फाल्गुन आईतबार  ५ : ३८ बजे

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले