२०८२, १९ पुस शनिबार

घर निर्माण नगर्ने भुकम्पपीडितलाई कालोसूचीमा राखी कारबाही गरिने

घर निर्माण नगर्ने भुकम्पपीडितलाई कालोसूचीमा राखी कारबाही गरिने


फागुन २३ काभ्रे । सरकारले पहिलो किस्ता लिएर पनि घर निर्माण नगर्ने भुकम्पपीडितलाई कालोसूचीमा राखी कारबाही गर्ने भएको छ । भुकम्पपीडित लाभग्राही सूचीमा रहेका अधिकांशले राज्यले दिएको अनुदान रकम पहिलो किस्ताको ५० हजार लिए पनि आवास निर्माणमा भने २७ हजारको सूची निर्माणधिन अवस्थामा रहेको तथ्याङ्क पुनर्निर्माण प्राधिकरणसँग छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२औं बैठकले घर निर्माण नगर्नेलाई कालोसूचीमा राखी कारबाही गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले भने रकम लिने र घर बनाउने सुरसार नै नगरेकाले उनीहरुलाई दण्डात्मक व्यवस्था गर्न लागेका हौं । कारबाही गर्नुअघि पहिले गोरखापत्रमा सूचना निकालेर भुकम्पपीडित लाभग्राहीहरुलाई सचेत गराइने उनले बताए । पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुनेछ । कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट समेत बञ्चित हुने र बैंकको कालोसूचीमा पर्ने उनले बताए ।

प्रकाशित मिति : २०७४, २३ फाल्गुन बुधबार  ५ : ०२ बजे

झापा-५ बाट केपी ओलीको नाम एकल सिफारिस

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा

अमेरिकी हमलाः भेनेजुएलाको संसद भवन ध्वस्त

कोलम्बिया । अमेरिकी सैन्य हमलामा परेर भेनेजुएलाको संसद भवन ध्वस्त

अमेरिकाले आक्रमण गरेको आरोप, भेनेजुएलामा आपतकाल

कराकस । भेनेजुएलाले अमेरिकाले आफ्नो भूमिमा सैन्य आक्रमण गरेको आरोप

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर