२०८३, ८ कार्तिक आईतबार

नवीनाले छाड्ने भएपछि एमाले अखिलमा अध्यक्षको लर्को

नवीनाले छाड्ने भएपछि एमाले अखिलमा अध्यक्षको लर्को


फागुन २३ काभ्रे । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेतृत्व पुनर्गठनको तयारी गरिरहेको छ । अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको समानुपातिक कोटाबाट संघीय प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि नेतृत्व पुनर्गठन गर्न लागिएको हो । लामाले विद्यार्थी संगठनको नेतृत्व हस्तन्तरण गर्ने भएपछि संगठनका उपाध्यक्ष महेश बर्तौला र रश्मी आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहेको बुझिको छ ।

एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार लामा अनेरास्ववियुको नेतृत्व छाड्ने भएकी हुन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले बताए ।

‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत अध्यक्ष लामाले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्ने कुरा बताएको एमाले अखिल श्रोतले बताएको छ ।

एमाले र माओवादी केन्द्रको विद्यार्थी संगठनबीच तत्काल एकता सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेको बताइन्छ । २०७२ माघ २८ गते अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलनबाट लामाको नेतृत्व दुई वर्षका लागि निर्वाचित भएको थियो ।

प्रकाशित मिति : २०७४, २३ फाल्गुन बुधबार  ४ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना