२०८३, १५ श्रावण शनिबार

एमालेद्वारा सुखानीका शहिदको भव्य स्मृति सभा, पार्टी एकता हुन्छ, गलत प्रचारको पछि नलागौंः प्र.म. ओली

एमालेद्वारा सुखानीका शहिदको भव्य स्मृति सभा, पार्टी एकता हुन्छ, गलत प्रचारको पछि नलागौंः प्र.म. ओली



फागुन, २१ बनेपा । एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै शंका नरहेको बताउनु भएक छन् ।

पञ्चायती कालमा भूमिगत राजनीतिक जीवनका बेला सुखानीमा साहदत प्राप्त गर्नुहुने शहिदहरुको सम्मानमा आयोजित ४५ औं शहिद स्मृति दिवशका अवरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । तत्कालिन शासकले पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गरेको आरोपमा पक्राउ गरेका पाँच झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुंइकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेका थिए ।

प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको समेत उक्त अवसरमा बताएका छन् । स्मृतिसभालाई सम्बोधन गर्दै ओलीले एमालेका नेताहरुले एकता गर्न नमानेको भन्दै गरेको गलत प्रचारको पछि नलाग्न सबैलाई आग्रह समेत गरे । ‘एमाले त्यस्तो मुसा होइन जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सुखानीका शहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाए । पञ्चायती शासकले हत्या गरेका सुखानीका ५ जना शहित दुर्गानन्द झा, भिमदत्त पन्त लगायतलाई सहिद घोषणा गर्न विगतका सरकारले कञ्जुस्याँई गरेको ओलीले बताउँदै ओलीले भने ‘दुईबर्ष अघि आफू प्रधानमन्त्री भएको बेला मात्र उहाँहरुलाई राज्यको तर्फबाट शहिद घोषणा गरियो।’

प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार, अवशर, सुरक्षा र सम्मानको प्रत्याभूति दिलाउनका लागि आफू तयार रहेको स्मृति सभालाई सम्बोधनका क्रममा बताएका छन् । ‘शहिदहरुले सामाजिक सद्ध्भाव, राष्ट्रिय एकता, शान्ति र समृद्विका लागि नै बलिदान गरेका थिए’ प्रधानमन्त्री ओलीले भने शसहिदहरुको त्यो भावनाको हामी उच्च कदर गरेर काम गर्नेछौं ।’

वामगठबन्धनको बहुमतको सरकार देखेर केही आत्तिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न वहानामा कमजोर पार्ने कोशिश असफल हुने बताए । प्रधानमन्त्री ओलीले उक्त अवसरमा एमाले पहिलो पार्टी, कम्यूनिष्ट पार्टीको सरकार, कम्यूनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनु पर्नेमा जोड दिएका छन् । कम्युनिष्टहरुलाई फुटाएर फेरी आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सपनामा चकलेट खाएको देखियो तर व्यूझिंदा मुख गुलियो हुँदैन’ कम्यूनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।

प्रकाशित मिति : २०७४, २१ फाल्गुन सोमबार  ७ : ४० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने