२०८२, १८ भाद्र बुधबार

धुलिखेल नगरपालिकाहरुको कानुन बनाउन केयुले सहयोग गर्ने

धुलिखेल नगरपालिकाहरुको कानुन बनाउन केयुले सहयोग गर्ने


धुलिखेल / धुलिखेल नगरपालिकाले आफ्नो नगरलाई आवश्यक पर्ने ऐन, कानुन काठमाण्डौँ विश्वविद्यालयको स्कुल अफ ल सँग मिलेर बनाउने भएको छ । आइतबार ऐन, कानुन निर्माण सम्बन्धि धुलिखेल नगरपालिका, केयुको स्कुल अफ ल र नेपाल नगरपालिकासंघ बीच सम्झौता भएको हो ।

समझदारी पत्रमा नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जु, केयुको स्कुल अफ ल डीन डाक्टर विपिन अधिकारी र नेपाल नगरपालिका संघको तर्फबाट कार्यकारी सचिव कलानिधि देवकोटाले हस्ताक्षर गरेका छन् । १२ बुदेँ लामो समझदारी पत्रमा नेपालको संविधान २०७२ अनुसार नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने २२ वटा कानुन निर्माण गरिनेछ । संविधानको दायराभित्र रहेर आफ्नो नगरलाई सुहाउँदो ऐन, कानुन बनाइन समझदारी गरिएको नगरप्रमूख ब्याञ्जुले जानकारी दिए । “जनतालाई सहज हुने, ब्यवहारिक कानुन निर्माणका लागि त्रिपक्षीय समझदारी गरेका हौँ, उनले भने “विज्ञ सहितको सल्लाहमा निर्माण हुने कानुनले नगरपालिकालाई उत्कृष्ट र नमूना बनाउन मद्दत पुग्नेछ ।” समझदारी अनुसार तीनै पक्ष सहभागि रहेको एक समूह गठन हुनेछ । यो समूहले १ वर्षभित्र कानुन तयार पर्ने छ ।  यसरी निर्माण गरिएका कानुन नमुनाका लागि अन्य नगरपालिकालाई समेत वितरणका लागि नेपाल नगरपालिका संघमा राखिने भएको छ । अर्को निर्वाचन नहुदाँसम्म कायम सहने समझरीले आवश्यक ऐन कानुन परिर्माजनका लागि समेत राय, सल्लाह, सुझाव लिने छ ।

“स्थानीय तह सञ्चालनका लागि ऐन, कानुन र नियम बनाउन त्रिपक्षीय समझरी अनुसार हामीले काम गर्दौ स्कुल अफल लका डीन अधिकारीले भने “कानुनमा स्थानीय कार्यपालिका र ब्यवस्थापिका सदस्यहरुको क्षमता अभिबृद्धि, तालिम लगायतका काम समेत गर्ने छ ।”

प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतबार  ७ : ३८ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना