२०८२, ३ माघ शनिबार

धुलिखेल नगरपालिकाहरुको कानुन बनाउन केयुले सहयोग गर्ने

धुलिखेल नगरपालिकाहरुको कानुन बनाउन केयुले सहयोग गर्ने


धुलिखेल / धुलिखेल नगरपालिकाले आफ्नो नगरलाई आवश्यक पर्ने ऐन, कानुन काठमाण्डौँ विश्वविद्यालयको स्कुल अफ ल सँग मिलेर बनाउने भएको छ । आइतबार ऐन, कानुन निर्माण सम्बन्धि धुलिखेल नगरपालिका, केयुको स्कुल अफ ल र नेपाल नगरपालिकासंघ बीच सम्झौता भएको हो ।

समझदारी पत्रमा नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जु, केयुको स्कुल अफ ल डीन डाक्टर विपिन अधिकारी र नेपाल नगरपालिका संघको तर्फबाट कार्यकारी सचिव कलानिधि देवकोटाले हस्ताक्षर गरेका छन् । १२ बुदेँ लामो समझदारी पत्रमा नेपालको संविधान २०७२ अनुसार नगरपालिका सञ्चालनका लागि आवश्यक पर्ने २२ वटा कानुन निर्माण गरिनेछ । संविधानको दायराभित्र रहेर आफ्नो नगरलाई सुहाउँदो ऐन, कानुन बनाइन समझदारी गरिएको नगरप्रमूख ब्याञ्जुले जानकारी दिए । “जनतालाई सहज हुने, ब्यवहारिक कानुन निर्माणका लागि त्रिपक्षीय समझदारी गरेका हौँ, उनले भने “विज्ञ सहितको सल्लाहमा निर्माण हुने कानुनले नगरपालिकालाई उत्कृष्ट र नमूना बनाउन मद्दत पुग्नेछ ।” समझदारी अनुसार तीनै पक्ष सहभागि रहेको एक समूह गठन हुनेछ । यो समूहले १ वर्षभित्र कानुन तयार पर्ने छ ।  यसरी निर्माण गरिएका कानुन नमुनाका लागि अन्य नगरपालिकालाई समेत वितरणका लागि नेपाल नगरपालिका संघमा राखिने भएको छ । अर्को निर्वाचन नहुदाँसम्म कायम सहने समझरीले आवश्यक ऐन कानुन परिर्माजनका लागि समेत राय, सल्लाह, सुझाव लिने छ ।

“स्थानीय तह सञ्चालनका लागि ऐन, कानुन र नियम बनाउन त्रिपक्षीय समझरी अनुसार हामीले काम गर्दौ स्कुल अफल लका डीन अधिकारीले भने “कानुनमा स्थानीय कार्यपालिका र ब्यवस्थापिका सदस्यहरुको क्षमता अभिबृद्धि, तालिम लगायतका काम समेत गर्ने छ ।”

प्रकाशित मिति : २०७४, २० फाल्गुन आईतबार  ७ : ३८ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका