२०८२, ११ पुस शुक्रबार

अहिले प्रदेश नम्बर ३ को राजधानी जहाँ छ त्यो उपयुक्त स्थानमा छैन, हामी यसलाई उपत्यकाको आसपासमा सार्नेछौं

अहिले प्रदेश नम्बर ३ को राजधानी जहाँ छ त्यो उपयुक्त स्थानमा छैन, हामी यसलाई उपत्यकाको आसपासमा सार्नेछौं


प्रदेश नम्बर ३ का प्रदेश सासंदहरु अहिले अस्थायी राजधानी हेटौडामा प्रदेशसभा सञ्चालन नियमावली र कार्यविधि माथिको छलफल सकेर काठमाडौं फर्किएका छन् । उनीहरुले कार्यविधि र नियमावलीलाई संघीय संसदको भन्दा पनि जनप्रिय बनाउँदै बहुमतले पास गरेका छन् । संसदले यो कानुन निर्माण गरे स्थगत भएको संसद खुले लगत्तै प्रदेशको स्थायी राजधानी र नामङ्कनमा बैठक प्रवेश हुने बैठक स्थल हेटौंबाट सांसद अरुण नेपालले बताएका छन् । यसै सेरोफेरोमा हेटौडामै रहेका सिन्धुपाल्चोकका सांसद अरुण नेपालसँग गरिएको संक्षिप्त कुराकानीको संपादित अंश प्रस्तुत छ ।

०  प्रदेश नं. ३ को प्रदेशसभा बैठकले अस्थायी राजधनी हेटौंडामा के निर्णय गर्योे  ?
– भरखरै हामीले संसदको बैठक सकेका छौं । बैठकले प्रदेशसभाको कानुन निर्माण गरिएको छ । कार्यविधी र नियमावली २०७४ लाई बहुमतका साथ पास गरिएको छ । अब संसदको कानुन बन्यो । के र कसो गर्ने भन्ने कुरा कानुन अनुसार हुनेछ ।

० प्रदेशको नामाकरण र राजधानीको विषयले संसदमा प्रवेश पाएन र ?
– हामी त्यो विषयमा प्रवेश गरेका छैनौं । संसदको नियमावली पास गरेपछि संसद केही दिनको लागि स्थगन भएको छ । यो स्थगनको अवधि सकिएपछि यो विषयले प्रवेश पाउँछ र हामीले निष्कर्ष निकाल्छौं ।

० स्थगत कहिलेसम्म हो ?
–यति नै भनेर किटान त गरिएको छैन तर पाँच-सात दिन पछि खुल्छ होला ।

० पारित गरिएको कानुन परम्परागत नै छ कि केही नयाँपन छ ?
– भरखरै पारित भएको हाम्रो प्रदेशको कानुनमा कुनै त्यस्तो एजेण्डामाथि छलफल गर्नुपर्योे र निचोड निकाल्नु पर्योे भनेर यदि १०० जना प्रदेशभित्रका नागरिकता प्राप्त गरेका नागरिकले त्यस्तो महशुस गरे भने उनीहरुले नै त्यस्तो प्रस्ताव ल्याउन सक्छन् । जसमा एकसय जनाले हस्ताक्षर गरेको हुनुपर्छ र ३ जना सांसदले त्यसलाई समर्थन गनुपर्छ । त्यस्तो हो भने जनस्तरबाट उठेको एजेण्डा पनि संसदमा प्रवेश गर्दछ र छलफल हुन्छ । एउटा नयाँपन हामीले यसलाई दिएका छौं । यस्तो व्यवस्था अहिले संघीय संसदमा पनि भएको छैन । अरु पनि कतिपय नयाँ कुराहरु छन् ।

० सर्वाधिक चासोको विषय भनेको राजधानी र नामांकनको विषय भएको छ, यसमा चाहिं तपाईहरु किन प्रवेश नगर्नुभएको त ?
– यसलाई कार्यविधी नै बनाएर केही गरिरहनु पर्ने विषय होइन । संविधनमा नै प्रदेशको २ तिहाई सदस्यले प्रदेशको नामाकरण गर्न सक्छन्। दुई तिहाई सदस्यको समर्थन, या भोटिङको आधारमा राजधानी र नामांकन तय गर्न सकिने व्यवस्था छ । यो संविधानमा नै उल्लेख गरिएको हुनाले त्यसका बारेमा हामीले कार्यविधिमा केही उल्लेख गर्न आवश्यक भएन । संविधानअनुसार नै हुन्छ । अहिले प्रदेशसभामा राजधानी र नामाकरणको बारेमा प्रस्ताव प्रस्तुत भइसकेको छैन । हामी एकदुई ओटा बैठकपछि यो प्रस्ताव संसदमा लैजानेछौं र त्यहाँ छलफल गरेर उपयुक्त ढंगले एउटा निष्कर्ष निकालिनेछ ।

० यस विषयमा संसदमा प्रवेश गराउन ढिला भएन त छलफलका लागि ?
– हैन ढिला भएको छैन । बल्ल अब समय शुरु हुँदैछ ।

० संभावित राजधानीको विषयमा चाहिं तपाइको धारणा के हो त ? 
–म जनप्रतिनिधि हो । यस हिसाबले जनतालाई जे गर्दा सजिलो पर्दछ, त्यो नै मेरो पनि धारणा हुनेछ । हामी संघीयतामा किन गएको भन्दा राज्य र जनताबीचको जुन दुरी छ त्यसलाई घटाउनु पर्छ भनेर हो । जनता सार्वभौमसत्ता सम्पन्न हुन् भने जनता राज्यको आँगनमा जाने होइन कि राज्य जनताको आँगनमा जानुपर्छ भनेर हामीले संघीयताको व्यवस्था गरेको हो । अब राजधानी लगायतका अन्य धेरै कुराहरुमा जनतालाई जे गर्दा सुविधा पुग्छ तदनुकुलको हामीले निष्कर्ष निकाल्छौं । ३ नम्बर प्रदेशको अहिलेको राजधानी जहाँ राखिएको छ । यसबारेमा कहीं त्यस्तो छलफल पनि गरिएन । विगतको सरकारले निरंकुश ढंगले निर्णय ग¥यो । हाम्रो प्रदेश एकातिर तिब्बतसँग र अर्कोतिर भारतसँग जोडिएको छ । अब यस्तो खालको प्रदेशको जुन चरित्र र भौगोलिक बनावट छ, यसलाई ध्यानमा राख्दै उपयुक्त स्थानमा प्रदेशको राजधानी हुनुपर्छ । अहिले जहाँ प्रदेशको राजधानी बनाइएको छ त्यो व्यवहारिक छैन ।

० उपयुक्त स्थानचाहिं कहाँ हुनसक्ला ?
–उपत्यकाभित्र अहिले ललितपुर, भक्तपुरको चर्चा चलिरहेको छ । उपत्याभन्दा अलि बाहिर जाने हो भने बनेपाको चर्चा चलेको छ । यस्ता स्थानहरु हामीले खोज्नु पर्छ जहाँ सेण्टर परोस र सबैतिरका जनतालाई सुविधा होस । चितौन, हेटौंडा, सिन्धुली, रामेछाप, दोलखा, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक सबैतिरका जनतालाई सुविधा होस । सबैलाई सेवा सुविधा दिनसक्ने हिसाबले हामीले स्थान तय गर्नुपर्छ । त्यो स्थान चाहिं उपत्याका वा उपत्यकाका छेउछाउका ठाउँहरु मात्रै हुनसक्छन् ।

० त्यसो भए हेटौंडा चाहिं हुँदैन भन्नखोज्नु भएको हो र ?
– मैले एक्लै त यसरी बोल्नु सायद राम्रो होइन । जसरी अनौपचारिक ढंगले सांसद साथीहरुसँग कुरा गरेको छु । जनतासँग, वौद्धिक समुदायसँग कुराकानी गरेको छु । व्यवासायीहरुसँग कुरा गरेको छु । कर्मचारी र मिडियाका साथीहरुसँग कुराकानी गरेको छु । सबैसँग कुरा गर्दा अहिले जहाँ राजधानी तय गरेका छौं त्यो सेण्टर परेको छैन भन्ने मैले पाएको छु ।

० व्यक्तिगत रुमा छनौट गनुपर्दा चाहिं कुन ठाउँलाई प्राथमिकतामा राख्नुहुन्छ ?
–मैले ठ्याक्कै एउटा मात्रै ठाउँ भनेर भन्दिनँ । नीतिगत हिसाबले मैले अघि पनि भनें कि हामीले जनतालाई सुविधा हुने स्थान चयन गर्नुपर्छ । त्यस्तै भौतिक पूर्वाधार पनि चाहियो । मन्त्रालय, संसद चलाउनु प¥यो । अन्य सरकारी कामकाज चलाउन हामीलाई धेरै स्टक्चर चाहिन्छ । दिर्घकालिन हिसाबले राम्रो बस्ति बस्ने, पानीको व्यवस्था भएको, सडकको व्यवस्था भएको, बस्ती विकास भएको हुनुप¥यो । यी पक्षलाई पनि ध्यानमा राख्नुपर्छ । यसो गर्दा अहिले तत्कालनको निमित्त हामीले दुई स्थान देखेका छौं । एउटा भक्तपुर देखिएको छ । अर्को ललितपुर देखिएको छ । त्यसैगरी अर्को काभ्रेको खासगरी बनेपा र धुलिखेल देखिएको छ ।

० पार्टीको कुनै त्यस्तो निर्देशन हुन्छ कि तपाईहरुलाई ?
– त्यस्तो हुँदैन । यो कुनै राजनीतिक विषय होइन । यो भनेको सुविधासँग सम्बन्धित विषय हो । त्यसो भएकोले पार्टीको यहाँ हुनुपर्छ र यहाँ चाहिं हुनै हुँदैन भन्ने हुँदैन । यसमा विवेक प्रयोग गरेर जनताको चाहना र इच्छालाई ध्यानमा राखेर निष्कर्ष निकाल्नु पर्छ । पार्टीले यसमा चाहिं कुनै ह्वीप जारी गर्दैन । मैले भनेको ३ वटा सम्भावित ठाउँहरुमध्ये एक स्थानमा हामीले व्यवस्था गर्नुपर्छ ।

० सिन्धुपाल्चोक त हैन होला नी ?
–अहिले हामीले तत्कालै त्यस्तो सम्भावना देखेको छैन । सिन्धुपाल्चोक मात्रै होइन हामीसँग १३ वटा जिल्लाहरु छन् । यसमा हामीले भौतिक पूर्वाधार, बाटोको अवस्था के छ ? हेर्नुप¥यो । अहिले हामीले तत्कालै राजधानी बनाएर चलाउन सक्छौं कि सक्दैनौं ? सबै क्षलाई हेर्नुपर्छ किनभने भोलि त प्रदेशभरका सबै मानिसहरु आउँछन् । त्यो सम्भव हुन्छ कि हुन्न त ? मेरो जिल्ला, मेरो नगर, मेरा गाउँ भन्दा पनि जनतालाई केन्द्रभागमा राखेर उपयुक्त कुन ठाउँ हुनसक्छ ? त्यस्तो स्थानलाई छान्नुपर्छ । त्यसैले आफ्नो स्थानको नाम लिएर लाग्दा त्यो न्यायपूर्ण हुँदैन ।

The final word of the year selection team is made up https://essay4today.com/ of lexicographers and consultants to the dictionary team, and editorial, marketing, and publicity staff.

प्रकाशित मिति : २०७४, १४ फाल्गुन सोमबार  ६ : २८ बजे

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने