२०८२, १९ जेष्ठ आईतबार

भीर छिचोल्दै डाँडापारि मिल्चेको धाप्लेमा पुग्यो मोटर बाटो, स्थानीयमा खुशीयाली, सडक खन्ने अपरेटरलाई पैसै, पैसाको माला

भीर छिचोल्दै डाँडापारि मिल्चेको धाप्लेमा पुग्यो मोटर बाटो, स्थानीयमा खुशीयाली, सडक खन्ने अपरेटरलाई पैसै, पैसाको माला


डाँडापारि, काभ्रे । ठूल ठूला भीर अनि पहरा । हेर्दै कहाली लाग्दो । गोरेटो बाटो हिड्दा पनि आतेस लाग्थ्यो, गाउँका ८८ बर्षीय बीर बहादुर घलानलाई । “गाउँमा यस्तो भिर छिलोलेर सडक आइपुग्ला भन्ने त सोचेकै थिइनँ घलानले खुशी हुदैँ भने “अहिले आफ्नै गाउँमा सडक पुग्यो, गाडी पनि गुड्न थाल्यो ।” काभ्रे जिल्लाको अति विकट डाँडापारि क्षेत्रमा पर्ने मिल्चेको धाप्लेमा मोटर पुग्दा उनी सहित गाउँका धेरैले खुशी साटासाट गरे । नाचे, रमाए अनि अविर जात्रा निकाले । अनि गाउँमा पहिलो पटक पुगेको गाडी समेत चडे ।

गाउँमा सडक पुग्दा ८७ बर्षीय डिलबहादुर तिमल्सिना पनि निकै खुशी देखिएका छन् । “गाउँमा सडकको मुखै नदेखि मरिन्छ कि भन्ने लागेको थियो’’, तिमल्सिनाले भने “सबैको मेहेनतले गाउँमा गाडी आइपुगेको छ, निकै खुशी छु ।” स्थानीयले एक आपसमा खुशी मात्रै साटासाट गरेनन्, उनीहरुले गाउँमा सडक पु¥याउने काममा खटिएका ग्रामीण सडक निर्माण गर्ने औजार ‘स्काभेटर’ चालकलाई पैसै–पैसाको माला पनि लगाइदिए ।

गाउँमा तीन महिनादेखि सडक खन्ने काममा खटिएका स्काभेटर चालक सिन्धुलीका सुशिल महत र हेल्पर शम्भु गुर्माछान मगरलाई स्थानीयहरुले झण्डै ४० हजार बराबर पैसाको माला लगाइदिएका हुन् । “सडक खन्न त निकै गाह्रो थियो, ठूला चटान र पहाड पनि उत्तिकै, तर गाउँमा गाडी पुग्यो, स्थानीय दाजुभाइ–दिदीबहिनीले खुशी हुदँै ४० हजार रुपियाँ बराबर पैसाको माला लगाइदिनुभयो, चालक महतले भने “स्थानीयहरु यति धेरै खुशी हुनुहुन्छ होला भन्ने मैले सोचेकै थिइनँ ।” गाउँमा सडक पु¥याउने चालकलाई सम्मान गर्न पाउँदा आपूmलाई निकै खुशी लागेको स्थानीय ७१ बर्षीय चन्द्र बहादुर रिजालले बताए ।

२०६३ सालबाट निर्माण शुरु भएको च्याम्राङबेसी–सुकुम–मिल्चे–धाप्ले–नवलपुर–खोरभञ्ज्याङ हुदैँ तालढुंगा जोड्ने सडक निर्माणका लागि तत्कालिन गाविस, जिल्ला विकास समिति, सांसद विकास कोष र सडक डिभिजन कार्यालय भक्तपुरको गरी जम्मा ६२ लाख रुपैयाँमा ५ किलोमिटर सडक निर्माण भएको थियो । त्यस्तै बाँकी रहेको ७ किलोमिटर सडक निर्माणका लागि गाउँपालिकाले ४० लाख आर्थिक सहयोग गरेको सडक उपभोक्ता समितिका अध्यक्ष दलसुर मोक्तानले जानकारी दिए । गाउँमा सडक पुगेपछि हिउँदको बेला आवात–जावात गर्न सजिलो भएको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष शान्त माया रिजालले अब यसलाई बर्षातको बेलामा समेत सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्ने बताइन् ।
मोटर बाटोलाई दुर्गम डाँडापारिको वस्तीमा पु¥याउन सास्ती पनि उत्तिकै व्यहोरेको उपभोक्ता समितिका अध्यक्ष दलसुर मोक्तानको अनुभव छ । दुःख व्यक्त गर्दै नमीठो अनुभव खबरघर डट कमसँग आफूले भोगेको सास्तीलाई मोक्तानले यसरी व्यक्त गरे– ‘वडाबासीलाई यातायातमा सुविधा पु¥याउनलाई सडकको ट्रयाक खोल्न अधिकतम प्रयास गर्दा वडाका जनप्रतिनिधिहरुले नै निर्माण औजारलाई फकाईदिएर असाहयोग पनि गरेका थिए ।’ तर पनि सडक निर्माणका लागि भने सर्वसाधारणले धेरै सहयोग पु¥याएपछि आफूलाई ट्रयाक खोल्न हौसला मिलेको उनी बताउँछन् ।

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ६ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल