२०८३, ८ असार मंगलबार

भीर छिचोल्दै डाँडापारि मिल्चेको धाप्लेमा पुग्यो मोटर बाटो, स्थानीयमा खुशीयाली, सडक खन्ने अपरेटरलाई पैसै, पैसाको माला

भीर छिचोल्दै डाँडापारि मिल्चेको धाप्लेमा पुग्यो मोटर बाटो, स्थानीयमा खुशीयाली, सडक खन्ने अपरेटरलाई पैसै, पैसाको माला


डाँडापारि, काभ्रे । ठूल ठूला भीर अनि पहरा । हेर्दै कहाली लाग्दो । गोरेटो बाटो हिड्दा पनि आतेस लाग्थ्यो, गाउँका ८८ बर्षीय बीर बहादुर घलानलाई । “गाउँमा यस्तो भिर छिलोलेर सडक आइपुग्ला भन्ने त सोचेकै थिइनँ घलानले खुशी हुदैँ भने “अहिले आफ्नै गाउँमा सडक पुग्यो, गाडी पनि गुड्न थाल्यो ।” काभ्रे जिल्लाको अति विकट डाँडापारि क्षेत्रमा पर्ने मिल्चेको धाप्लेमा मोटर पुग्दा उनी सहित गाउँका धेरैले खुशी साटासाट गरे । नाचे, रमाए अनि अविर जात्रा निकाले । अनि गाउँमा पहिलो पटक पुगेको गाडी समेत चडे ।

गाउँमा सडक पुग्दा ८७ बर्षीय डिलबहादुर तिमल्सिना पनि निकै खुशी देखिएका छन् । “गाउँमा सडकको मुखै नदेखि मरिन्छ कि भन्ने लागेको थियो’’, तिमल्सिनाले भने “सबैको मेहेनतले गाउँमा गाडी आइपुगेको छ, निकै खुशी छु ।” स्थानीयले एक आपसमा खुशी मात्रै साटासाट गरेनन्, उनीहरुले गाउँमा सडक पु¥याउने काममा खटिएका ग्रामीण सडक निर्माण गर्ने औजार ‘स्काभेटर’ चालकलाई पैसै–पैसाको माला पनि लगाइदिए ।

गाउँमा तीन महिनादेखि सडक खन्ने काममा खटिएका स्काभेटर चालक सिन्धुलीका सुशिल महत र हेल्पर शम्भु गुर्माछान मगरलाई स्थानीयहरुले झण्डै ४० हजार बराबर पैसाको माला लगाइदिएका हुन् । “सडक खन्न त निकै गाह्रो थियो, ठूला चटान र पहाड पनि उत्तिकै, तर गाउँमा गाडी पुग्यो, स्थानीय दाजुभाइ–दिदीबहिनीले खुशी हुदँै ४० हजार रुपियाँ बराबर पैसाको माला लगाइदिनुभयो, चालक महतले भने “स्थानीयहरु यति धेरै खुशी हुनुहुन्छ होला भन्ने मैले सोचेकै थिइनँ ।” गाउँमा सडक पु¥याउने चालकलाई सम्मान गर्न पाउँदा आपूmलाई निकै खुशी लागेको स्थानीय ७१ बर्षीय चन्द्र बहादुर रिजालले बताए ।

२०६३ सालबाट निर्माण शुरु भएको च्याम्राङबेसी–सुकुम–मिल्चे–धाप्ले–नवलपुर–खोरभञ्ज्याङ हुदैँ तालढुंगा जोड्ने सडक निर्माणका लागि तत्कालिन गाविस, जिल्ला विकास समिति, सांसद विकास कोष र सडक डिभिजन कार्यालय भक्तपुरको गरी जम्मा ६२ लाख रुपैयाँमा ५ किलोमिटर सडक निर्माण भएको थियो । त्यस्तै बाँकी रहेको ७ किलोमिटर सडक निर्माणका लागि गाउँपालिकाले ४० लाख आर्थिक सहयोग गरेको सडक उपभोक्ता समितिका अध्यक्ष दलसुर मोक्तानले जानकारी दिए । गाउँमा सडक पुगेपछि हिउँदको बेला आवात–जावात गर्न सजिलो भएको भन्दै उपभोक्ता समितिका कोषाध्यक्ष शान्त माया रिजालले अब यसलाई बर्षातको बेलामा समेत सञ्चालनमा ल्याउने गरी काम गर्नुपर्ने बताइन् ।
मोटर बाटोलाई दुर्गम डाँडापारिको वस्तीमा पु¥याउन सास्ती पनि उत्तिकै व्यहोरेको उपभोक्ता समितिका अध्यक्ष दलसुर मोक्तानको अनुभव छ । दुःख व्यक्त गर्दै नमीठो अनुभव खबरघर डट कमसँग आफूले भोगेको सास्तीलाई मोक्तानले यसरी व्यक्त गरे– ‘वडाबासीलाई यातायातमा सुविधा पु¥याउनलाई सडकको ट्रयाक खोल्न अधिकतम प्रयास गर्दा वडाका जनप्रतिनिधिहरुले नै निर्माण औजारलाई फकाईदिएर असाहयोग पनि गरेका थिए ।’ तर पनि सडक निर्माणका लागि भने सर्वसाधारणले धेरै सहयोग पु¥याएपछि आफूलाई ट्रयाक खोल्न हौसला मिलेको उनी बताउँछन् ।

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ६ : ४८ बजे

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार

कमलामाईमा सार्वजनिक खरिद व्यवस्थापन तालिम सकियो

सिन्धुली: सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी तालिम आज सकिएको छ ।