२०८३, १५ आश्विन शुक्रबार

अब मापदण्ड विपरीतका क्रसर उद्योगलाई कार्वाही हुन्छ मन्त्री पण्डित

अब मापदण्ड विपरीतका क्रसर उद्योगलाई कार्वाही हुन्छ मन्त्री पण्डित


काठमाण्डौ/ जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले क्रसर उद्योगहरुले मापदण्ड मिच्ने काम गरिरहेको सर्वसाधरणबाट गुनासो आएको बताएका छन् ।

उनले अब सरकारले देशभरका क्रसर उद्योगहरुको अध्ययन् र अनुगमन गरी मापदण्ड विपरीत चलेको भेटिए आवश्यक कार्वाही गरिने बताएका छन् । मन्त्री पण्डितले पूराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकूल असर पारेको पाइए अनुसन्धान गरेर अनुमति खारेज गरिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय नयाँ क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन् । उनले क्रसर उद्योगका कारण स्थानीय वातावरण बिग्रन नहुने र सर्वसाधरणको जीवनयापनमा समस्या आउन नहुने बताउँदै तत्कालका लागि नयाँ उद्योगलाई अनुमति नदिइने बताएका हुन् ।

मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने, ‘क्रसर उद्योगहरुको वर्तमान अवस्था अध्ययन, विश्लेषण नभएसम्म नयाँ क्रसर उद्योगलाई अनुमति नदिने निर्णय भएको छ ।’

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ५ : ५५ बजे

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक