२०८२, २७ असार शुक्रबार

अब मापदण्ड विपरीतका क्रसर उद्योगलाई कार्वाही हुन्छ मन्त्री पण्डित

अब मापदण्ड विपरीतका क्रसर उद्योगलाई कार्वाही हुन्छ मन्त्री पण्डित


काठमाण्डौ/ जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले क्रसर उद्योगहरुले मापदण्ड मिच्ने काम गरिरहेको सर्वसाधरणबाट गुनासो आएको बताएका छन् ।

उनले अब सरकारले देशभरका क्रसर उद्योगहरुको अध्ययन् र अनुगमन गरी मापदण्ड विपरीत चलेको भेटिए आवश्यक कार्वाही गरिने बताएका छन् । मन्त्री पण्डितले पूराना क्रसर उद्योगले समेत वातावरणमा प्रतिकूल असर पारेको पाइए अनुसन्धान गरेर अनुमति खारेज गरिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेपछि पण्डितले पहिलो निर्णय नयाँ क्रसर उद्योगलाई अनुमति रोक्ने गरेका हुन् । उनले क्रसर उद्योगका कारण स्थानीय वातावरण बिग्रन नहुने र सर्वसाधरणको जीवनयापनमा समस्या आउन नहुने बताउँदै तत्कालका लागि नयाँ उद्योगलाई अनुमति नदिइने बताएका हुन् ।

मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले भने, ‘क्रसर उद्योगहरुको वर्तमान अवस्था अध्ययन, विश्लेषण नभएसम्म नयाँ क्रसर उद्योगलाई अनुमति नदिने निर्णय भएको छ ।’

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ५ : ५५ बजे

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी

रुस–युक्रेन द्वन्द्व : युक्रेनी सैन्य हवाई क्षेत्रमा निरन्तर आक्रमण

एजेन्सी । रुसी सेनाले युक्रेनी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको

युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि काम गरौं : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी