२०८२, २ चैत्र मंगलबार

काभ्रेमा विन्धवासिनीले गर्यो प्रगति २५ वर्षमा १ अर्ब बचत, २ अर्बको कारोबार

काभ्रेमा विन्धवासिनीले गर्यो प्रगति २५ वर्षमा १ अर्ब बचत, २ अर्बको कारोबार


जिल्लाको खोपासीमा केन्द्रिय कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २५ वर्षमा १ अर्ब भन्दा बढी रकम बचत गरेको छ ।

सहकारीले २५ वर्ष पूरा गरेको अवसरमा आइतबार बनेपामा आयोजना गरेको रजत जयन्ती महोत्सवमा दिएको जानकारी अनुसार सहकारीले १ अर्ब ४८ करोड ५७ लाख १९ हजार बचत गरेको हो । त्यस्तै २५ वर्षको अवधिमा २ अर्ब १ करोड ६३ लाख बराबरको आर्थिक कारोबार गरेको छ । १२२ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले २६ हजार ८१८ जना सदस्या रहेका छन् ।

यसमा महिला १८ हजार ४२ र पुरुष ८ हजार ७४५ रहेका संस्थाका अध्यक्ष प्रदिप थापाले जानकारी दिए । त्यस्तै शैक्षिक बाल बचत कर्ता तर्फ ६ हजार २४२ जना गरी जम्मा ३३ हजार ६० जना कुल सेवाग्रही रहेका छन् । ५० जना कर्मचारी रहेको सहकारीले विभिन्न २१ प्रकारका ऋण र १७ प्रकारको शीर्षकमा बचत गर्दै आइरहेको छ । जिल्लाको १३ स्थानीय तह मध्ये ६ नगरपालिका र १ गाउँपालिकामा आफ्नो सेवा विस्तार भएको सहकारीका प्रमूख ब्यवस्थापक के.वी लामाले जानकारी दिए ।

रजत जयन्ती महोत्सवमा बोल्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीले ग्रामीण भेगमा रहेको पूजीलाई एकीकृत गरी जनताको जीवनस्तर उकास्न मद्दत गर्नुपर्नेमा जोड दिए । “सहकारीहरु सदस्य केन्द्रित हुनुपर्छ, उनले भने “स्थानीय स्तरमा रहेका पूजीलाई एकीकृत गर्ने मात्रै होइन्, नागरिकलाई बचत गर्ने बानीको विकास र आफुलाई आवश्यक परेको बेला सहयोगी बन्नुपर्छ ।”

बैंक नपुगेका ठाउँमा समेत सहकारी पुगेर आम नागरिकलाई बचत गर्ने बानी सिकाइरहेको भन्दै उनले सदस्यको मन जीतेर बदलिदो संचना अनुसार काम गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७४, ६ फाल्गुन आईतबार  ७ : ०४ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका