२०८१, ११ पुस बिहीबार

प्रदेश नं ३ को बैठक सकियो ,सभामुखको निर्वाचन २७ गते हुने

प्रदेश नं ३ को बैठक सकियो ,सभामुखको निर्वाचन २७ गते हुने


हेटौँडा प्रदेश नं ३ प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो ऐतिहासिक बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरुले जनादेश बमोजिम स्थायित्व र सुशासनका लागि सबै एकजुट हुन आह्वान गरेका छन् । सात प्रदेशमध्ये धेरै सांसद ९११० सदस्य० भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य डोरमणि पौडेलले आज यहाँ बैठक प्रारम्भ गर्दै प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।

छलफलमा भाग लिँदै नेकपा ९एमाले० का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले प्रदेश नं ३ लाई नमूना बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो र जनआकांक्षालाई पूरा गर्न यो सभा सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा ९माओवादी केन्द्र० का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौँ हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताउनुभयो । उहाँले सहमति, सहकार्य र एकतासहित लोकतान्त्रिक मूल्य मान्यताका साथ अघि बढ्न आग्रह पनि गर्नुभयो ।

विवेकशील साझा पार्टीका रमेश पौडेलले राजनीतिक परिवर्तनको खोजीमा मुलुकले लामो समय व्यतित गरे पनि नयाँ संविधान प्राप्त भइसकेकाले अबको समय सहभागितामूलक लोकतन्त्रलाई व्यवहारमा उतार्न जोड दिइनुपर्ने बताउनुभयो । नेपाल मजदुुर किसान पार्टीका सुरेन्दराज गोसाईंले प्रदेशहरुबीचको आपसी सम्बन्ध विस्तार गर्दै क्षेत्रीय र जातीय नारा भन्दा सन्तुलित विकास अबको गन्तव्य हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का रीना गुरुङले एकात्मकबाट संघात्मक प्रणालीमा रुपान्तरित भए पनि संघीयतालाई मुलुकले थेग्न नसक्ने हो कि भन्ने शंका उपशंका मेट्ने गरी काम गर्न सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रीता माझी र स्वतन्त्र ९नयाँ शक्ति नेपाल० सांसद प्रेमबहादुर तामाङले प्रदेश सरकार छिटो चयन भई जनताका आशा अपेक्षा पूरा गर्ने तदारुकता देखाइनुपर्नेमा जोड दिनुभयो । बैठकले प्रदेशसभा सञ्चालन नियमावली नबनेसम्मका लागि दलीय सहमतिका आधारमा तयार गरिएको प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ लाई सर्वसम्मतिले पारित ग¥यो ।

सभामुखको निर्वाचन २७ गते
बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि रामेश्वर फुयाँल, धनश्याम दाहाल, गीता शाक्य र शोभा वाग्लेलाई मनोनयन गरिएको छ । प्रदेशसभाको अर्को बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।
रासस प्रकाश सिलवाल

प्रकाशित मिति : २०७४, १८ माघ बिहीबार  ४ : २४ बजे

कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाडपर्वहरूले सामुहिक भावनालाई

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू

काठमाडौं । २०८१ पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौंमा पहिलो पटक सुट मेला सुरु

काठमाडौं ।  काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला २०८१ सुरु

काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस

काठमाडौं। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि काठमाडौँमा शुरु

उप–निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, गृहमन्त्री लेखकद्धारा धन्यवाद ज्ञापन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आइतबार सम्पन्न उप निर्वाचन शान्तिपूर्ण