२०८२, १४ श्रावण बुधबार

ओली र प्रचण्डबीच आज के भयो छलफल ?

ओली र प्रचण्डबीच आज के भयो छलफल ?


काठमाण्डौं /  बाम गठबन्धनले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अरु राजनीतिक दलसँग पनि छलफल चलाउने भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार विहान नेकपा एमाले र नेकपा माओबादी केन्द्रका अध्यक्षबीच भएको छलफलमा हार्ने जोखिममा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको हो ।

एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष प्रचण्डसहित नेताहरु माधब नेपाल, रामबहादुर थापा बादल, सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठबीच राष्ट्रिय सभाका उम्मेदवारहरुको प्राथमिकता सूचीका बारेमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता नेम्वाङले राष्ट्रिय सभाका बाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गर्ने सन्दर्भमा अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्न गृहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रदेश ३ बाट राष्ट्रिय सभामा खुला तर्फ उम्मेदवार बनेका सबै उम्मेदवारलाई जिताउन अन्य साना दलसँग पनि सहकार्य गर्नु पर्ने भएकाले ती दलहरुसँग वार्ता सकारात्मक नभए एमाले उम्मेदवार बेदुराम भुसालको उम्मेदवारी फिर्ता लिन सक्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखका सन्दर्भमा संयुक्त कार्यदलले हिजो दिएको सुझावका बारेमा भने छलफल भएन । पार्टी एकता संयोजन समितिको चाँडै बस्ने बैठकले त्यसबारेमा निर्णय गर्ने नेम्वाङले जानकारी दिनुभयो । कार्यदलले मुख्यमन्त्रीमा एमाले ४ र माओबादी २, सभामुखमा एमाले ४ र माओबादी २, उपसभामुखमा एमाले २ र माओबादी ४ स्थानमा सिट बाँडफाँड गरेको छ ।

एमालेले प्रदेश नम्बर १,३,४ र ५ तथा माओबादीले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री पाउनेछन् । यसैगरी सभामुखमा एमालेले प्रदेश नम्बर १,३,६ र ७ तथा माओबादीले प्रदेश नम्बर ४ र ५ मा, उपसभामुखमा एमालेले प्रदेश नम्बर ४ र ५ तथा माओबादीले प्रदेश नम्बर १,३,६ र ७ मा उम्मेदवार बनाउने कार्यदलको सुझाव छ । त्यस्तै, मुख्यमन्त्रीबाहेकका प्रदेश मन्त्री परिषद संख्याको बाँडफाँड गर्दा एमालेलाई ७० र माओबादीलाई ३० प्रतिशत कायम गर्ने सुझाव पनि कार्यदलले दिएको छ ।

प्रकाशित मिति : २०७४, १५ माघ सोमबार  ४ : ४६ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको