२०८३, २९ जेष्ठ शनिबार

ओली र प्रचण्डबीच आज के भयो छलफल ?

ओली र प्रचण्डबीच आज के भयो छलफल ?


काठमाण्डौं /  बाम गठबन्धनले माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अरु राजनीतिक दलसँग पनि छलफल चलाउने भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार विहान नेकपा एमाले र नेकपा माओबादी केन्द्रका अध्यक्षबीच भएको छलफलमा हार्ने जोखिममा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको हो ।

एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष प्रचण्डसहित नेताहरु माधब नेपाल, रामबहादुर थापा बादल, सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठबीच राष्ट्रिय सभाका उम्मेदवारहरुको प्राथमिकता सूचीका बारेमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता नेम्वाङले राष्ट्रिय सभाका बाम गठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गर्ने सन्दर्भमा अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्न गृहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रदेश ३ बाट राष्ट्रिय सभामा खुला तर्फ उम्मेदवार बनेका सबै उम्मेदवारलाई जिताउन अन्य साना दलसँग पनि सहकार्य गर्नु पर्ने भएकाले ती दलहरुसँग वार्ता सकारात्मक नभए एमाले उम्मेदवार बेदुराम भुसालको उम्मेदवारी फिर्ता लिन सक्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखका सन्दर्भमा संयुक्त कार्यदलले हिजो दिएको सुझावका बारेमा भने छलफल भएन । पार्टी एकता संयोजन समितिको चाँडै बस्ने बैठकले त्यसबारेमा निर्णय गर्ने नेम्वाङले जानकारी दिनुभयो । कार्यदलले मुख्यमन्त्रीमा एमाले ४ र माओबादी २, सभामुखमा एमाले ४ र माओबादी २, उपसभामुखमा एमाले २ र माओबादी ४ स्थानमा सिट बाँडफाँड गरेको छ ।

एमालेले प्रदेश नम्बर १,३,४ र ५ तथा माओबादीले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री पाउनेछन् । यसैगरी सभामुखमा एमालेले प्रदेश नम्बर १,३,६ र ७ तथा माओबादीले प्रदेश नम्बर ४ र ५ मा, उपसभामुखमा एमालेले प्रदेश नम्बर ४ र ५ तथा माओबादीले प्रदेश नम्बर १,३,६ र ७ मा उम्मेदवार बनाउने कार्यदलको सुझाव छ । त्यस्तै, मुख्यमन्त्रीबाहेकका प्रदेश मन्त्री परिषद संख्याको बाँडफाँड गर्दा एमालेलाई ७० र माओबादीलाई ३० प्रतिशत कायम गर्ने सुझाव पनि कार्यदलले दिएको छ ।

प्रकाशित मिति : २०७४, १५ माघ सोमबार  ४ : ४६ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको