सर्वाेच्च अदालतले सर्वाेच्च अदालतमा अइजीपी प्रकरणमा दोस्रो पटक पेश भएको कासमु कीर्ते भएको ठहर गर्दै कीर्ते कसले गरेको हो पत्ता लगाएर कारवाही गर्न भनेको थियो । तर, मुद्दाको एउटा पक्ष रहेका लोकदर्शन रेग्मी र आइजीपी प्रकाश अर्यालले कासमु कीर्ते गरेको भन्दै नवराज सिलवालमाथि अस्वाभाविक धरपकड गरेबाट उनीहरु आफू बच्ने अन्तिम कसरतमा लागेको देखिएको हो ।

कुन कासमु कीर्ते ? 
गृहमन्त्रालयबाट तत्कालीन गृहसचिव तथा हालका मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर सहित खामबन्दी गरी पठाएको कार्यसम्पादन मुल्यांकन रिपोर्टलाई आधार बनाउँदै सर्वाेच्च अदालतले गत चैत ८ गते सरकारका नाममा आदेश जारी गर्यो– कार्यसम्पादन मुल्यांकन र योग्यताका आधारमा माथि रहेकालाई आइजीपी नियुक्त गर्नू । सर्वाेच्च अदालतले सँगसँगै अर्काे कुरा पनि आफ्नो फैसलामा बोलेको छ– ‘चार जना डीआइजी मध्ये कार्यसम्पादन मुल्यांकनमा नवराज सिलवालको नम्बर सबैभन्दा बढि एक नम्बरमा देखिन आएको छ ।’

तर, सरकारले सर्वाेच्चको आदेश अनुरुप सिलवाललाई आइजीपी नियुक्त गरेन । बरु यसै प्रकरणलाई लिएर सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध सत्तारुढ कांग्रेसले संसदमा महाभियोग दर्ता गर्यो । सँगसँगै सरकारले अर्काे कार्यसम्पादन मुल्यांकन रिपोर्ट तयार गरेर प्रकाश अर्याल एक नम्बरमा रहेको भन्दै प्रकाश अर्याललाई आइजीपी नियुक्त गर्यो । त्यसपछि सर्वाेच्चको अघिल्लो फैसलाले आफ्नो कासमुमा आफूलाई माथि देखाएको भन्दै नवराज सिलवाल पुन सर्वाेच्च गए ।

प्रधानन्यायाधीश माथि समेत महाभियोग लगाउने सरकारले उल्टै सिलवालको कासमु कीर्ते रहेको भन्दै सिल्वगाल विरुद्ध कीर्ते गरेको अभियोग लगायो । त्यहि कीर्ते मुद्दामा आफू फस्ने डरले शेरबहादुर देउवाको सरकारले प्रधानन्यायाधीश कार्कीलाई तत्काल महाभियोग लगाएर आदालती काम गर्न नसक्ने वनाइसकेको थियो । अघिल्लो मुद्दामा सर्वाेच्चलाई सरकारले पठाएको कासमु अनुसार आफू एक नम्बरमा रहेको नवराज सिलवालको दावीलाई नै कीर्ते प्रमाणित गर्न गृहसचिव लोकदर्शन रेग्मी, त्यसअघिका आइजीपी उपेन्द्रकान्त अर्याल र नवनियुक्त आइजीपी प्रकाश अर्याल सहितको राज्इ संयन्त्र नै लाग्यो । आफूले खामबन्दी गरेर पहिलो मुद्दामा पठाएको कासमु कीर्ते ठहर हुँदा आफैं कीर्तेमा पर्ने भयका कारण नयाँ सरकार नबन्दै नवराज सिलवालले नै कीर्ते गरेको प्रमाणित गराउन अहिले उनी विरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गर्न देउवा, रेग्मील र अर्यालले अस्वाभाविक सक्रियता देखाएका हुन् ।

कीर्ते गर्ने को ? 
पहिलो मुद्दामा गृहमन्त्रालयले बन्द खाममा सर्वाेच्चमा पठाएको कासमु र दोस्रो मुद्दामा पठाएको कासमुमा फरक फरक अंक छ । पहिलो पटक पठाएको कासमुमा सिलवाल एक नम्बरमा छन् भने दोस्रोमा प्रकाश अर्याललाई माथि देखाइएको छ । दोस्रो मुद्दाको मिसिलमा आफू १ नम्बरमा रहेको देखाउन सिलवालले अघिल्लो मुद्दामा पठाएको कासमु रिपोर्ट पेश गरेका छन्, जसलाई लोकदर्शन रेग्मी र प्रकाश अर्यालहरुले कीर्ते भन्दै आएका छन् । अव प्रश्न उठ्छ कीर्ते भनिएको उक्त कासमु बन्द खाममा हालेर हस्ताक्षर गरी पठाउने रेग्मी र तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्याल नै कीर्ते गर्ने अधिकारी होइनन् ? हो उनीहरु आफूले गरेको कीर्तेबाट बच्न नै सिंगो प्रहरी फोर्सलाई बदनाम गर्दै नवराज सिलवालमाथि जाइलागेका हुन् ।

कीर्ते सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले सिलवाललाई दोषी ठहर गरेको होइन । बरु कीर्ते गर्ने लोकदर्शन रेग्मी र प्रकाश अर्यालहरुले ‘अतिरञ्जित प्रचार’ गरेर सिल्वालमाथि डिफ्युजन नोटिस नै जारी गरेका हुन् । महानगरीय प्रहरी प्रमुख रवीन्द्र धानुकलाई बोलाएर सरुवाको धम्की समेत दिंदै सिलवाललाई पक्राउ गर्न उनीहरुले दिएको निर्देशनबाट समेत कासमु कीर्ते गर्ने रेग्मी र अर्याल हुन् भन्ने आशंकामा बल पुग्छ । सर्वाेच्चले कीर्ते भएको हो तर, कोबाट कीर्ते भएको पत्ता लगाउने आदेश दिनासाथ कीर्ते गर्ने पक्षले अर्काे पक्षमाथि छानविनका नाममा गरेको यो अस्वाभाविक प्रचारबाट रेग्मी र अर्याल दोषी रहेको शंकामा बल पुग्छ ।

नवराज सिलवाल भने आफू विरुद्ध सिंगो रज्ययन्त्र षडयन्त्रपूर्वक लागेपछि नयाँ सरकार गठनसम्म सजगता अपनाउने रणनीतिमा देखिन्छन् । शेरबहादुर देउवा, लोकदर्शन रेग्मी, प्रकाश अर्याल भने देउवाको बदलाराज छंदै सिलवाललाई पक्राउ गरेर प्रशासनिक कागज मिलाउन सके सिलवाललाई नै कीर्ते प्रमाणित गर्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । राज्यको सिंगो संयन्त्र सिलवाल विरुद्ध अस्वाभाविक रुपमा खनिनुको कारण पनि यहि हो भन्न सकिन्छ । आइजीपी प्रकरणमा देउवाले अपनाएको कानुनी शासनमाथिको नाङ्गो हस्तक्षेप र त्यसै कारण प्रधानन्यायाधीश विरुद्ध ल्याइएको महाभियोगले चुनावमा कांग्रेसले सर्मनाक पराजय ब्यहोर्नु परेको देउवालाई थाहा छ । त्यसै कारण पनि देउवा सिलवालसँग बदला लिन चाहन्छन् । देउवाको त्यो चाहना र आफूहरुले गरेको कासमु कीर्तेबाट बच्ने लोकदर्शन रेग्मी र प्रकाश अर्यालको चाहना मिलेकाले उनीहरु सबै सिलवाल विरुद्ध जाइलागेका हुन् । केहि समयपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले स्थायी समितिको बैठकबाटै सिलवाल विरुद्ध अतिरञ्जित प्रचार गर्ने र फसाउने उद्धेश्यसाथ देउवा सरकार लागेको भन्दै आपत्ती जनाएको छ ।