२०८२, १६ असार सोमबार

काठमाडौंमा पानी पर्न थाल्यो, हिमाली क्षेत्रमा हिउँ

काठमाडौंमा पानी पर्न थाल्यो, हिमाली क्षेत्रमा हिउँ


काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि पानी पर्न थालेको छ। यो वर्षको हिउँद लागेपछि पहिलो पटक पानी पर्न लागेको मौसमविदले जानकारी दिएका छन् ।

सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भए पनि यसपाली केही ढिलो गरी वर्षा भएको हो। आज पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्ने अनुमान रहेको जल तथा मौसम विज्ञान विभागकी मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। कँडेलका अनुसार आज देशभरीकै मौसम बदली भएको छ। यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्नेछ । आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्र र राति पछि पूर्वी क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको छ।

सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात सुरू भएको छ। चिसो बढेसँगै गएरातीदेखि उत्तरी गोरखामा हिमपात भइरहेको छ भने दक्षिणी भेग सदरमुकाम आसपास क्षेत्रमा फाट्टफुट्ट बर्षा भएको छ। चुमनुब्री गाउँपालिकाको सात गाउँ, धार्चेका छ गाउँमा हिमपात भएको छ।

बुधबार बिहान चार बजेदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको त्यहाँका स्थानीयले जानकारी दिएका छन्। भूकम्प प्रभावितको जनजीवन थप कष्टकर भएको छ।

प्रकाशित मिति : २०७४, १० माघ बुधबार  ९ : १९ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको