२०८३, ९ आश्विन शनिबार

ओली र प्रचण्डबीच बालकोटमा तीन घण्टा लामो भेटवार्ता

ओली र प्रचण्डबीच बालकोटमा तीन घण्टा लामो भेटवार्ता


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच तीन घण्टा लामो छलफल भएको छ ।

शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा दुई नेताबीच वान टु वान छलपल भएको थियो । छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए।  आजको छलफल छलफल असाध्यै सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ ।

दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको पनि तिमिल्सिनाले बताए । थाइल्याण्ड जानुअघि ओली र प्रचण्डबीच गत पुष २६ गते ओली ओली निवास बालकोटमा भएको भेटबार्तापछि यो भेट भएको हो । दुई दलबीच राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गत पुष २५ गठन भएको संयुक्त कार्यदललाई जिम्मेवारी दिइएको थियो ।

नेताहरुको निर्देशन बमोजिम कार्यदलको बैठक बसि राष्ट्रिय सभाका उम्मेदवार,प्रदेश सरकार गठन लागायतका विषयमा प्रतिवेदन तयार पारेको कार्यदल सदस्यहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७४, ५ माघ शुक्रबार  ५ : १४ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा