२०८२, १८ असार बुधबार

ओली र प्रचण्डबीच बालकोटमा तीन घण्टा लामो भेटवार्ता

ओली र प्रचण्डबीच बालकोटमा तीन घण्टा लामो भेटवार्ता


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच तीन घण्टा लामो छलफल भएको छ ।

शुक्रबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म बालकोटमा दुई नेताबीच वान टु वान छलपल भएको थियो । छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए।  आजको छलफल छलफल असाध्यै सकारात्मक भएको र सबै विषयमा खुलेर कुराकानी भएको बताइएको छ ।

दुई नेताबीच भोलि थप गृहकार्य गरेर पर्सी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुङ्गाउने निर्णय भएको पनि तिमिल्सिनाले बताए । थाइल्याण्ड जानुअघि ओली र प्रचण्डबीच गत पुष २६ गते ओली ओली निवास बालकोटमा भएको भेटबार्तापछि यो भेट भएको हो । दुई दलबीच राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाउन गत पुष २५ गठन भएको संयुक्त कार्यदललाई जिम्मेवारी दिइएको थियो ।

नेताहरुको निर्देशन बमोजिम कार्यदलको बैठक बसि राष्ट्रिय सभाका उम्मेदवार,प्रदेश सरकार गठन लागायतका विषयमा प्रतिवेदन तयार पारेको कार्यदल सदस्यहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७४, ५ माघ शुक्रबार  ५ : १४ बजे

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी