२०८३, १६ श्रावण आईतबार

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन


काठमाडौं । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा। गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।  डा। केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा। केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।

माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । प्रहरीले सर्वोच्च अदालत वरपर कडा पहरा दिइरहेका छन् । चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम० को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा। केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।

अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो । डा केसीलाई अहिले ९ बजे अदालतमा सर्वोच्च अदालतमा उपस्थित गराइँदैछ ।

प्रकाशित मिति : २०७४, २५ पुस मंगलबार  ९ : १० बजे

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली