२०८२, २५ श्रावण आईतबार

रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालको चरम लापरवाही, एचआइभी नभएकोलाई भएको पुष्टि गरियो

रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालको चरम लापरवाही, एचआइभी नभएकोलाई भएको पुष्टि गरियो


बनेपा । बनेपाको बुडोलमा रहेको रेयुकाई मासुनागा सामुदायिक आँखा अस्पतालले आँखाको उपचार गराउन गएकी एक महिलालाई एचआइभी एड्स लागेको पुष्टि गरी व्यक्तिगत मानहानी गरेको पाइएको छ ।

अस्पतालले एड्सको पुष्टि गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले उपचार गर्न आनाकानी गर्दै हल्लीखल्ली गरेका थिए । एचआइभी नभएकी निरोगी महिलालाई एचआइभी एड्स भएको पुष्टि गर्दै अनर्गल प्रचार गरिएपछि पीडित महिला यतिबेला मानसिक रुपमा विचलित भएकी छिन् ।

एड्स भएको पुष्टि हुँदा पनि सम्बन्धित व्यक्तिको अनुमतिमा मात्रै दम्पतीको बीचमा खुलाउन मिल्ने प्रावधान रहेको छ । तर रेयुकाई आँखा अस्पतालले भने सम्बन्धित व्यक्तिलाई जानकारी नै नदिएर अस्पतालभर हल्लीखल्ली गरेको पीडित महिला बताउँछिन् । जसकाकारण आम सर्वसाधारणसम्म उक्त हल्ला डडेलोझै फैलियो । श्रीमान र श्रीमतीको बीचमा पनि सहमति वा सम्बन्धित व्यक्तिको स्वीकृतिमा मात्रै खुलाउनु पर्ने गोपनीयताको कुनै ख्याल नराखी पब्लिकमा समेत सार्वजनिक गर्दै उपभोक्ता अधिकार र गोपनीयताको हकमाथि गम्भीर खेलबाड उक्त अस्पतालले गरेको छ । यस्तो अवस्थामा अस्पतालले आम माफी माग्नु पर्ने र पुष्टि गर्ने स्टाफलाई कारबाही नगरे सम्बन्धी व्यक्ति अदालत जानसक्ने कानुनी व्यवस्था भएको अधिकारकर्मीहरु बताउँछन् ।

काभ्रेकी ती महिलालाई एचआईभी एड्स लागेको पुष्टि अस्पतालले गरेपछि ती महिलाले अस्वीकार गर्दै धुलिखेल अस्पतालमा पुनः परीक्षण गराएकी थिइन् । धुलिखेल सामुदायिक अस्पतालमा परीक्षण गरेपछि अस्पतालका डाक्टरहरु बसेर पीडित महिलालाई एचआइभी नभएको पुष्टि गरेका थिए । धुलिखेल अस्पतालले पीडितका परिवारलाई सम्झाउँदै भ्रमका कारण मानसिक रुपमा विचलित नहुन र बाहिर सार्वजनिक नगर्न सुझाएका थिए । धुलिखेल अस्पतालका स्वाथ्यकर्मीहरुले डाक्टरको लापरवाहीका कारण गलत रिर्पोट बाहिर ल्याएकोले पीडितलाई चिन्तित नहुन सुझाएका थिए ।

आँखा सम्बन्धी सामान्य विरामीलाई एचआइभी एड्स भएको पुष्टि गरेपछि उक्त आँखा अस्पताललाई स्वास्थ्यसम्बन्धी कुनै जानकारी नभएको जानकारहरु बताउँछन । अस्पतालले यसरी झुट्टो अभियोग लगाउने र व्यक्तिको स्वास्थ्यमाथि खेलबाड गरी गोपनीयताको हक उल्लंघन गरी नभएको रिपोर्ट बाहिर ल्याएर गम्भीर अपराध गरेको कानुनविदको भनाई छ । भएका विरामीहरुलाई पनि बाँचौंबाँचौ लाग्ने गरानु पर्नेमा अस्पतालले हिनताबोध गराएर अपराध गरेको विश्लेषकहरु बताउँछन् ।

अस्पतालको लापरवाहीका बारेमा अस्पताल सञ्चारक समितिका अध्यक्ष मधुप्रसाद आचार्यसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् । यसअघि अस्पतालमा स्थानीय र पीडित पक्षसँग भएको वार्तामा अस्पताल सञ्चालकले १ हस्ताभित्र नभएको रिपोर्ट बाहिर ल्याउने कर्मचारीलाई निश्काशन गर्ने सहमति गरेको थियो । निश्काशनको कारबाही गरेको लिखित पत्र उपलब्ध गराउने र पीडितसँग आम माफी माग्ने भनिएको थियो । तर, अस्पतालले एकसाता वित्दा पनि पीडितसँग कुनै सम्पर्क नगरेको बुझिएको छ ।

प्रकाशित मिति : २०७४, १२ पुस बुधबार  ५ : ४१ बजे

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पूर्व निर्धारित वैठकहरु अचानक पछि

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए

आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी