२०८३, २५ आश्विन सोमबार

बसुन्धरालाई प्रदेश नम्बर तीनमा पहिलो र देशभरमा दोस्रो लोकप्रिय मत

बसुन्धरालाई प्रदेश नम्बर तीनमा पहिलो र देशभरमा दोस्रो लोकप्रिय मत


९ पुष, धुलिखेल । संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान २०७२ का आधारमा पहिलोपटक सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा काभ्रेबाट निर्वाचित सांसद बसुन्धरा हुमागाईले प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै मत प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् । उनले देशभरबाट निर्वाचित भएका प्रदेशसभा सांसदहरुमध्ये दोस्रो लोकप्रिय मत पाएका छन् ।

काभ्रे जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ बाट निर्वाचित सांसद हुमागाईले २८ हजार ६ स ७७ मत प्राप्त गरी दोस्रो लोकप्रिय मत कायम गरेका हुन् । पहिलो स्थान भने झापा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा २ का निर्वाचित सांसद अर्जुन राईले कायम गरेका छन् । उनले ३० हजार ९ सय ७३ मत पाएका थिए । त्यसैगरी तेस्रो स्थानमा बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ का सांसद कुलप्रसाद पोखरेल परेका छन् । उनले २८ हजार ३ सय २३ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७४, ९ पुस आईतबार  ४ : ४० बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम