२०८२, १३ फाल्गुन बुधबार

प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट, दुई नम्बरबाहेक अन्य प्रदेशमा वामगठबन्धनलाई बहुमत

प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट, दुई नम्बरबाहेक अन्य प्रदेशमा वामगठबन्धनलाई बहुमत


काठमाडौं । सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको सरकार बन्ने भएको छ । प्रदेश नम्बर १ र ३ मा दुई तिहाइ बहुमत र प्रदेश ४, ५, ६ र ७ एमाले र माओवादीको गठबन्धनले प्रष्ट बहुमत हासिल गरेको छ । दुई नम्बर प्रदेशमा भने राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले बहुमत पाएको छ ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले दुई नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ । प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् । प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको छ । माओवादीले पाएको १५ सिटसहित वामगठबन्धनको दुई तिहाइ बहुमत पुगेको छ ।

प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ । प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्ष सहित ५४ सिट पाएर मधेशवादी गठबन्धनले बहुमतको सरकार बनाउने भएको छ ।

प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ । प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ । माओवादीको २२ सिटसहित वाम गठबन्धनले यहाँ पनि दुई तिहाई बहुमत पाएको छ ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् । प्रदेश नम्बर ४ बाट एमालेले प्रत्यक्षसहित २७ सिट पाएको छ । माओवादीको १२ सिट सहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत पुगेको छ ।
प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । प्रदेश नम्बर ५ मा पनि एमालेको ४१ र माओवादीको २० सिट गरी प्रदेशमा बहुमत पुगेको छ ।

प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । यो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ । यहाँ प्रत्यक्ष र समानुपातिक गरी कुल ४० सिटमध्ये एमालेले २० र माओवादीले १३ सिट पाएको छ । प्रदेश ६ मा वामगठबन्धनलाई दुई तिहाइ बहुमत मिलेको छ ।

प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८/८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ । यहाँ प्रत्यक्षसहित एमालेले २५ र माओवादीले १७ सिट पाएकाले गठबन्धनलाई प्रष्ट बहुमत मिलेको छ ।

समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजबादी फोरमले १३, राजपाले १२ सिट प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३, विवेकशिल साझाले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा प्रजातान्त्रिकले एक/एक सिट प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  १० : ११ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको