२०८२, ३० भाद्र सोमबार

प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट, दुई नम्बरबाहेक अन्य प्रदेशमा वामगठबन्धनलाई बहुमत

प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँट, दुई नम्बरबाहेक अन्य प्रदेशमा वामगठबन्धनलाई बहुमत


काठमाडौं । सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा वामगठबन्धनको सरकार बन्ने भएको छ । प्रदेश नम्बर १ र ३ मा दुई तिहाइ बहुमत र प्रदेश ४, ५, ६ र ७ एमाले र माओवादीको गठबन्धनले प्रष्ट बहुमत हासिल गरेको छ । दुई नम्बर प्रदेशमा भने राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालको गठबन्धनले बहुमत पाएको छ ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार एमाले दुई नम्बर प्रदेश बाहेक सबैमा पहिलो भएको छ । प्रदेश १ मा एमालेले १५, कांग्रेसले १३ र माओवादीले ५ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले १ सिट पाएका छन् । प्रदेश नम्बर १ मा प्रत्यक्षतर्फ कुल ५६ मध्ये ३६ सिट जितेको एमालेले समानुपातिकमा १५ सिट पाएर ५१ सिटसहित एकल बहुमत पाएको छ । माओवादीले पाएको १५ सिटसहित वामगठबन्धनको दुई तिहाइ बहुमत पुगेको छ ।

प्रदेश नम्बर २ मा भने कांग्रेस पहिलो भएको छ । कांग्रेसले प्रदेश २ बाट समानुपातिकमा ११ सिट पाएको छ भने राजपाले १०, संघीय समाजवादी फोरमले ९ र एमालेले ७ सिट पाएका छन् । त्यस्तै माओवादी केन्द्रले ५ सिट पाएको छ भने नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएको छ । प्रदेश नम्बर २ मा समानुपातिक र प्रत्यक्ष सहित ५४ सिट पाएर मधेशवादी गठबन्धनले बहुमतको सरकार बनाउने भएको छ ।

प्रदेश नम्बर ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ सिट पाएका छन् । नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ । प्रदेश नम्बर ३ मा ५९ सिटसहित एमालेले एकल बहुमत पाएको छ । माओवादीको २२ सिटसहित वाम गठबन्धनले यहाँ पनि दुई तिहाई बहुमत पाएको छ ।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय जनमोर्चा तथा नयाँ शक्तिले एक एक सिट पाएका छन् । प्रदेश नम्बर ४ बाट एमालेले प्रत्यक्षसहित २७ सिट पाएको छ । माओवादीको १२ सिट सहित यो प्रदेशमा पनि वामपन्थी गठबन्धनको बहुमत पुगेको छ ।
प्रदेश नम्बर ५ बाट एमालेले १३, कांग्रेसले १२, माओवादीले ६ सिट पाएका छन् । त्यस्तै संघीय समाजवादीले २, राजपाले १, राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । प्रदेश नम्बर ५ मा पनि एमालेको ४१ र माओवादीको २० सिट गरी प्रदेशमा बहुमत पुगेको छ ।

प्रदेश नम्बर ६ मा एमालेले ६, कांग्रेसले ५,माओवादीले ४ सिट पाएका छन् । यो प्रदेशबाट राप्रपाले पनि एक सिट पाएको छ । यहाँ प्रत्यक्ष र समानुपातिक गरी कुल ४० सिटमध्ये एमालेले २० र माओवादीले १३ सिट पाएको छ । प्रदेश ६ मा वामगठबन्धनलाई दुई तिहाइ बहुमत मिलेको छ ।

प्रदेश नम्बर ७ बाट एमाले र कांग्रेसले बराबरी ८/८ सिट पाएका छन् । माओवादीले ४ सिट पाएको छ भने राजपाले एक सिट पाएको छ । यहाँ प्रत्यक्षसहित एमालेले २५ र माओवादीले १७ सिट पाएकाले गठबन्धनलाई प्रष्ट बहुमत मिलेको छ ।

समानुपातिकतर्फ सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजबादी फोरमले १३, राजपाले १२ सिट प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाले ३, विवेकशिल साझाले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा र राप्रपा प्रजातान्त्रिकले एक/एक सिट प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  १० : ११ बजे

खाली हात धरान फर्किए हर्क : प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

काठमाडौं। धरानका मेयर हर्क साम्पाङ पछिल्ला दिनहरूमा राजधानी काठमाडौंमा प्रधानमन्त्रीसँग

आईजीपीदेखि इन्स्पेक्टरसम्मको तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई १० लाख सहयोग

काठमाडौं। नेपाल प्रहरीले हालैको आन्दोलनका क्रममा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका

चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि सञ्चालनमा

काठमाडौं । आउँदै गरेका महान चाडपर्वहरू – वडादशैं, तिहार र

एनसेलले प्रहरीमा दियो तोडफोड, आगजनी र डकैती सम्बन्धी उजुरी, सीसीटीभी फुटेज पनि बुझायो

काठमाडौं। प्रदर्शनको आडमा कार्यालयमा तोडफोड, आगजनी र डकैती भएको भन्दै

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त उर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको विद्युत