२०८१, ६ चैत्र बिहीबार

काभ्रेमा म्यादी प्रहरीलाई सम्मानका साथ विदाई

काभ्रेमा म्यादी प्रहरीलाई सम्मानका साथ विदाई


प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा थप सुरक्षाका लागि भर्ति गरिएका म्यादी प्रहरीहरुलाई एक समारोहका बीच शुक्रबारबाट विदाई गरिएको छ ।
५५ दिन निर्वाचनको सुरक्षा सम्बन्धी सरकारी सेवा गरेर विदा भएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले विदाईमा फरक शैली अपनाएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेले ५५ दिने सेवाका क्रममा उत्कृष्ट काम गर्ने ४ जना म्यादी प्रहरीलाई नगद सहित सम्मान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले अस्मिता अधिकारी, स्वविता वर्तौला, सनिप्रसाद श्रेष्ठ र उमा रम्तेल सहित ४ म्यादी प्रहरीलाई नगद सहित सम्मान गरेको हो । ‘केही समय भए पनि सरकारी सेवा गरेर विदा भएका म्यादी प्रहरीहरुलाई आगामी दिनमा कामको सम्मान हुन्छ भन्ने ज्ञानको विकास गर्न उत्कृष्ट म्यादीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले बताए ।’ काभ्रेमा १५ सय १६ जना निर्वाचनका लागि म्यादी प्रहरीलाई खटाइएको थियो ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  ७ : ३२ बजे

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था