२०८२, ३० आश्विन बिहीबार

विरगञ्जको ग्याँस उद्योगमा आगो लागेपछि बनेपाका स्थानीयमा त्रास, बाक्लो मानव बस्तीको बीचमा ५ वटा ग्यास उद्योग सञ्चालित

विरगञ्जको ग्याँस उद्योगमा आगो लागेपछि बनेपाका स्थानीयमा त्रास, बाक्लो मानव बस्तीको बीचमा ५ वटा ग्यास उद्योग सञ्चालित


बनेपा । विरगञ्ज स्थित एक ग्यास उद्योगमा बुधबार लगातार ८ घण्टासम्म आगलागी भएपछि अन्य ग्यास उद्योग रहेका आसपासका स्थानीयहरु त्रसित हुन थालेका छन् । काभ्रेको बनेपा नगरपालिका वडा नं. १० मा रहेको थापा गाउँको एकै स्थानमा तीनवटा ग्याँस उद्योगहरु सञ्चालनमा छन् । त्यस्तै बनेपा २ नालामा एउटा र बनेपा १४ भैंसेपाटीमा एउटा गरी बनेपा नगरपालिका भर ५ वटा ग्याँस उद्योग रहेका छन् ।

विरगञ्जको ग्याँस उद्योगमा बुधबार आगलागी भएपछि बनेपाका स्थानीयहरु त्रसित भएका हुन् । ‘एक किलोमिटरको परिधिभित्र ४ वटा ग्यास उद्योग सञ्चालनमा छन् । त्यसमा पनि घना बस्तीका बीचमा हाम्रो सुरक्षा अब कसरी हुन्छ । हामी त्रासमा छौँ, नालाका स्थानीय विश्वराम श्रेष्ठले दुखेसो पोखे । बनेपा १० को थापा गाउँमा ३ वटा ग्यास उद्योग एउटै प्लटमा जोडिएको छ । ‘यहाँ रहेको बाक्लो बस्तीमा कतै दुर्घटना भयो भने, यसको परिणाम के होला ? उनले प्रश्न गरे । बनेपा नगरपालिका मेयर लक्ष्मीनरसिं बादेले उद्योगहरुलाई केही दिनमा नै सचेत गराउने गरी सरोकारवालाहरुसँग छलफल गर्न लागिएको बताए ।

काभ्रेका ग्यास उद्योगहरुमा आगलागी नियन्त्रण र त्यसको जोखिमबाट मुक्त हुनका लागि आवश्यक सामग्री रहेको एलपी ग्यास उद्योग व्यवसायीका कोषाध्यक्ष कृष्णभक्त श्रेष्ठले दावी गरे । “पैसा मात्रै हेर्ने ? एक ठाउँमा नै एक किलोमिटरको दुरुमा ३ वटा उद्योग छन्, विरगंञ्जको घटनापछि त्रासमा रहेको बनेपा १० थापा गाउँका शुसिल थापाले बताइन् । मरे हामी गाउँले मर्ने, नियमनकारी निकाय त सधैँ प्रभावमा नै रहँने त होला उनको गुनासो थियो ।

बनेपा १० मा सगरमाथा ग्याँस उद्योग (सगर ग्याँस), चण्डेश्वरी ग्याँस उद्योग (चण्डी ग्याँस) र सूर्य ग्याँस उद्योग (सूर्य ग्याँस) रहेका छन् भने बनेपा १४ भैंसेपाटीमा हिमाल ग्याँस उद्योग (हिमाल ग्याँस) र बनेपा २ नालामा उग्रचण्डी ग्याँस उद्योग (लोकप्रिय ग्याँस) उद्योग मानव बस्तीबाट अत्यन्तै नजिक रहेर संञ्चालित छन् । एकै ठाउँमा रहेका तीन ग्याँस उद्योगहरु सरकारी मापदण्डअनुसार दर्ता र सञ्चालन गर्न मापदण्ड पुग्दैन । तर सरकारले यिनै ग्याँस उद्योगहरुलाई नै मापदण्ड पूरा भएको भनेर सञ्चालनमा ल्याएको छ । सरकारी मापदण्डअनुसार पनि यी उद्योगहरु बस्तीबाट कम्तीमा १ किलोमिटर टाढा हुनु पर्ने व्यवस्था छ । तीनवटै उद्योगहरु मानवस्तीका बीचमा रहेका छन् । यदि ग्याँस उद्योगमा कुनै किसमको दुर्घटना भएमा काभ्रेको बनेपा, नाला लगायका स्थानमा प्रभाव पर्छ । त्यस्तै सर्वोच्च अदालतमा विचाराधिन मुद्दा खेपिरहेको नालाको उग्रचण्डी ग्याँस उद्योग (लोकप्रीय) ग्याँस उद्योग सञ्चालन विरुद्ध स्थानीयहरु आन्दोलित समेत भइरहेका छन् । ग्याँस उद्योगको स्थापना हँुदा यसले आवश्यक सुरक्षा पहिले नै अपनाउन आवश्यक हुन्छ । ग्याँस प्रज्जोलनशील पदार्थ भएका कारण जुनसुकै समय आगो लाग्नसक्ने भएकाले आगो नियन्त्रणका लागि यसका कम्पनीले अग्नि नियन्त्रक (फायर फाइटिङ मेसिन) राख्नुपर्ने हुन्छ । यस्ता कम्पनीहरुमा अत्यावश्यक ‘फायर कुलिङ’ र ‘वाटर कुलिङ्गको व्यवस्था हुन आवश्यक हुन्छ ।

प्रकाशित मिति : २०७४, ७ पुस शुक्रबार  ५ : ३३ बजे

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने