२०८२, ३ माघ शनिबार

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नयाँ सरकारले जारी गराउँछ: ओली

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नयाँ सरकारले जारी गराउँछ: ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा अनावश्यक दबाब दिएर राष्ट्रपतिलाई विवादमा तान्न खोजेको भन्दै नयाँ सरकारले अध्यादेश पारित गराउने बताएका छन् । वाम गठबन्धन, काठमाडौँद्वारा बुधबार आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘कुनै दल विशेषका लागि दुरुपयोग गर्ने माध्यम अध्यादेश हुन सक्दैन, निर्वाचनको ताजा जनादेशको परिणाम आइसकेपछि नयाँ सरकार गठन हुन्छ र नयाँ सरकारले उक्त अध्यादेश जारी गराउँछ ।’

नयाँ सरकार निर्माणका लागि संवैधानिक जटिलता नभई वर्तमान सरकारको सत्ता लिप्सा मात्र बाधक रहेको भन्दै ओलीले भने– ‘राष्ट्रियसभा नभई सरकार बन्दैन भन्ने भ्रम मात्र हो, कुनै कानुनी जटिलता छैन, जनताले अभिमत दिएर जटिलता फुकाइसकेको छ ।’

एमाले अध्यक्ष ओलीले उमाले र माओवादी केन्द्रबीचको पार्टी एकतामापनि कुनै शंका नगर्न आग्रह गरे । उनले उनले एमाले र माओवादी केन्द्रले एकले अर्कोलाई निल्ने नभई दुवैले दुवैलाई निलेर समाजवादोन्मुख तेस्रो नयाँ पार्टी बन्ने पनि स्पष्ट पारे ।

कार्यक्रममा काठमाडौँ जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो । एमाले र माओवादीको गठबन्धनले काठमाडौं जिल्लामा प्रतिनिधिसभाको १० मा ६ र प्रदेशसभाको २० मा १६ स्थानमा विजय हासिल गरेको छ ।

प्रकाशित मिति : २०७४, ५ पुस बुधबार  १० : ०४ बजे

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

कांग्रेसमा एकताको दबाबः देउवालाई ‘अभिभावक’ बनाउँदै नेतृत्व सुदृढीकरणको प्रयास

काठमाडौं । नेपाली कांग्रेसमा पार्टी एकता कायम राख्ने दबाब बढ्दै

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका