२०८२, ११ चैत्र बिहीबार

प्रदेश न. ३ को राजधानी काभ्रे, आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रको भवनबाट संचालन गर्न सिफारिस

प्रदेश न. ३ को राजधानी काभ्रे, आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रको भवनबाट संचालन गर्न सिफारिस


बनेपा । काभ्रे जिल्लालाई प्रदेश नं ३ को राजधानी बनाउन निर्वाचित सांसदहरुले पहल थालेका छन । जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गङ्गाबहादुर तामाङ ९दोङ० ले प्रादेशिक राजधानीका लागि सिफारिस समिति नै निर्माण गरेर पहल थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिएका छन् ।

प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बास्कोटाले प्रदेशसभाको सबै विषय निकर््यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिदै बनेपा बजारलाई नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए । काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट समेत सहमत भएको र अन्य जिल्लालाई सहमतीमा ल्याउने प्रयास समेत भएको बताइएको छ । प्रादेशिक राजधानी बनाउनका लागि पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनौट लगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।

क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्वन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुख लगायत रहेका छन् । समितिले प्रदेश सभाका लागि बनेपा नजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

सुवालले पूर्वाधार विकासका लागि रु. ३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटौंडामा पठाइएको छ ।  प्रदेश नं ३ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ ।

प्रकाशित मिति : २०७४, ५ पुस बुधबार  ४ : २६ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा