२०८२, २४ कार्तिक आईतबार

प्रदेश न. ३ को राजधानी काभ्रे, आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रको भवनबाट संचालन गर्न सिफारिस

प्रदेश न. ३ को राजधानी काभ्रे, आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रको भवनबाट संचालन गर्न सिफारिस


बनेपा । काभ्रे जिल्लालाई प्रदेश नं ३ को राजधानी बनाउन निर्वाचित सांसदहरुले पहल थालेका छन । जिल्लाको प्रनिनिधिसभा क्षेत्र नं १ का सांसद गङ्गाबहादुर तामाङ ९दोङ० ले प्रादेशिक राजधानीका लागि सिफारिस समिति नै निर्माण गरेर पहल थालिएको उल्लेख गर्दै त्यसका लागि प्रशासनिक काम भइरहेको जानकारी दिएका छन् ।

प्रनिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुल बास्कोटाले प्रदेशसभाको सबै विषय निकर््यौल गर्ने अधिकार प्रदेशलाई भएको कुरामा जोड दिदै बनेपा बजारलाई नै प्रदेश नं ३ को राजधानी बनाउन उपयुक्त स्थान भएको बताए । काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउनका लागि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट समेत सहमत भएको र अन्य जिल्लालाई सहमतीमा ल्याउने प्रयास समेत भएको बताइएको छ । प्रादेशिक राजधानी बनाउनका लागि पूर्वाधार विकासका साथसाथै प्रदेशसभाका लागि स्थल छनौट लगायतका काम पनि भइरहेको शहरी विकास डिभिजन कार्यालयले जनाएको छ ।

क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्वन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुख लगायत रहेका छन् । समितिले प्रदेश सभाका लागि बनेपा नजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरिएको शहरी विकास डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवालले जानकारी दिए ।

सुवालले पूर्वाधार विकासका लागि रु. ३१ करोडको हाराहारीको बजेट आवश्यक भएको प्रतिवेदन क्षेत्रीय प्रशासकको कार्यालय, हेटौंडामा पठाइएको छ ।  प्रदेश नं ३ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक पर्छ ।

प्रकाशित मिति : २०७४, ५ पुस बुधबार  ४ : २६ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा