२०८२, २४ कार्तिक आईतबार

एमाले एक्लैको ३ नं प्रदेशमा बहुमत, वाम गठबन्धनलार्इ दुई तिहाइ

एमाले एक्लैको ३ नं प्रदेशमा बहुमत, वाम गठबन्धनलार्इ दुई तिहाइ


काठमाडौं / प्रदेश नम्बर ३ समानुपातिकको मतगणना पनि सकिएको छ । प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको नेकपा ९एमाले० लाई प्रदेश नम्बर ३ मा एकल बहुमत पुगेको छ । एमालेले समानुपातिक तर्फबाट १७ सिट पाउने भएको छ ।  ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ सिट चाहिन्छ, जबकी एमाले एक्लैले ५९ सिट भएको छ ।

दोस्रो भएको कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझाले ३ र राप्रपाले २ सिट पाउने भएको छ । प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ जना चुनिएका छन् भने समानुपातिकबाट ४४ सदस्य आउनेछन् ।प्रत्यक्षतर्फ एमालेले ४२ सिट जितेको छ भने माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति र नेमकिपाले एकएक सिट जितेका छन् ।  यस्तै वाम गठबन्धनले प्रदेश ३ मा दुई तिहाई बहुमत पुर्‍याएको छ ।

प्रदेशसभमा दुई तिहाईका लागि ७४ सिट चाहिन्छ । एमालेको ५९ र माओवादीको २३ गरी ८२ सिट हुनेछ ।

प्रकाशित मिति : २०७४, २९ मंसिर शुक्रबार  ९ : ४२ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा