२०८३, १२ आश्विन मंगलबार

निर्वाचन कार्यालय काभ्रेको लापरवाहीका कारण आठहजार मत बदर

निर्वाचन कार्यालय काभ्रेको लापरवाहीका कारण आठहजार मत बदर


बनेपा / जिल्ला निर्वाचन कार्यालय काभ्रेको लापरवाहीका कारण मंसीर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ ८ हजार २९९ मत बदर भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा ४ हजार २०० र प्रतिनिधिसभा क्षेत्र नं २ मा ४ हजार ९९ मत बदर भएको हो ।
मतदाता शिक्षाको अभाव र मतदान गर्ने प्रक्रिया नजानेका कारण मत बदर भएको जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए । पोखरेलका मत कसरी खसाल्ने भन्ने विषयमा सिकाएनौ, त्यस्तो त्रुटी धेरै देखिएको बताएका छन् ।  काभ्रेमा कुल २ लाख ७२ हजार २९२ मतदाता रहेको जिल्लामा १ लाख ९२ हजार ८७० मत खसेको थियो ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा १ लाख ३३ हजार ७७८ मतदाता रहेकोमा ९३ हजार ५४२ मत खसेको थियो भने प्रतिनिधिसभा क्षेत्र नं २ मा १ लाख ३८ हजार ५१८ मतदाता रहेकोमा ९९ हजार ३२८ मत खसेको थियो । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुइ र प्रदेश सभा चार रहेका छन् ।

निर्वाचन शिक्षा कार्यकर्ता र निर्वाचन शिक्षा स्वयमसेविका छनौटका क्रममा समेत निर्वाचन कार्यालयका कर्मचारीले राजनीतिकरण गरेको तथ्य खुल्न आएको छ । निर्वाचनका क्रममा खटिएको भन्दै कर्मचारी निकट आफन्त र केही राजनीतिक दलका कार्याकर्ताहरुहरुले घरमै बसी तलव भक्ता लिने गरेको निर्वाचन कार्यालयका एक कर्माचारीले बताएका छन् ।

प्रकाशित मिति : २०७४, २७ मंसिर बुधबार  ६ : ४३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय