काठमाडौ । गुल्मीमा प्रतिनिधिसभा १ मा नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवाली विजयी भएका छन् । ज्ञवालीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीलाई पराजित गर्दै जित हासिल गरेका हुन ।
ज्ञवालीले ३७८१४ प्राप्त गरेका छन् भने भण्डारीले ३०२५६ मत प्राप्त गरेका छन् । एमाले भित्र बौद्धिक छवि बनाएका ज्ञावाली २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा चन्द्र भण्डरीले पराजित गरेका थिए ।
प्रतिक्रिया