गोरखा/ गोरखामा भीडन्तका रुपमा हेरिएको गोरखा २ मा नयाँशक्ति नेपालका बाबुराम भट्टराई ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका छन् ।
उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराएका हुन् । श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन्।
आफ्नो जितमा प्रतिक्रिया दिँदै भट्टराईले भने, ‘नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि जीवनमा जे समृद्धि खोजेका छन् त्यो दिशामा जानलाई एउटा वैकल्पिक शक्ति आवश्यक छ भन्ने कुरालाई सानो रूपमा भए पनि अनुमोदन गरेर अवसर दिनुभयो भन्ने अर्थमा बुझेको छु।’
प्रतिक्रिया