२०८२, ८ कार्तिक शुक्रबार

धादिङ २ मा एमालेका खेम लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप

धादिङ २ मा एमालेका खेम लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप


धादिङ/ धादिङ २ मा एमाले केन्द्रीय सदस्य लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्विप म्भअझदभच ढ, द्दण्ज्ञठ धादिङ । धादिङ क्षेत्र नं। २मा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवा एवं कानु तथा संसलिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६४० मतले पछाडी पार्दै लोहनी विजयी भएका हुन् । लोहनीले ३६,२५४ मत प्राप्त गरेका छन् भने पाख्रिनले ३५,६१४ मत प्राप्त गरेका थिए । जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै धादिङको दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेश सभामा बाम गठबन्धनले क्लिनस्विप गरेको छ ।

क्षेत्र नं। १ मा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठीले देशभरको फराकिलो मतान्तरको रेकर्ड कायम गर्दै विजयी भएा छन् । प्रदेशसभा तर्फ १९१० बाट एमाले पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे, १९२० बाट नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेल, २९१० बाट एमाले प्रदेश कमिटि सदस्य डा। रामकुमार अधिकारी र २९२० बाट माओवादी केन्द्र निकट ट्रेड युनियन महासंघका महासचिव जगत सिंखडाले विजय हासिल गरेका छन् ।

यस अघि तीन क्षेत्र रहेको धादिङमा २०७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेले तीन वटै क्षेत्र र २०६४ को संविधान सभा निर्वाचनमा माओवादी केन्द्रले तीन वटै क्षेत्र जितेर कम्युनिष्टको लाल किल्ला बनाएका थिए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ११ : ०१ बजे

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,