२०८२, ४ कार्तिक सोमबार

सिन्धुपाल्चोक, ओखलढुगा र मोरङमा मिठो जीत

सिन्धुपाल्चोक, ओखलढुगा र मोरङमा मिठो जीत


काठमाण्डौँ÷अहिले सम्मको सार्वजनिक मत परिमाण अनुसार सबैभन्दा रोचक र स्वादिलो जीत तीन जिल्लामा भएको छ ।

सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका मोहन बहादुर बस्नेतलाई हराए अग्नी सापकोटाले ह्याट्रिक गरेका छन् भने प्रतिनिधिसभा २ मा पशुपति शम्सेर राणालाई शेर बहादुर तामाङले दोस्रो पटक हारको स्वाद चखाएका छन् । यी दुई क्षेत्रमा निकै राम्रो मतान्तरले बाम गठबन्धन विजयी भएका छन् ।

त्यस्तै ओखलढुंगामा काँग्रेसको बिरासत तोडिएको छ । खुम बहादुर खड्काको निकै विश्वालो पात्रो रामहरि खतिवडाले पनि शनिबार विहानै हारको स्वाद खाए । उनलाई प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले पराजित गरे । सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएा हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी मोरङ लाल बुबा पण्डितले नेपाली कााग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई हारको नमिठो स्वाद चखाइदिए । लालबाबुले ६७५ मतान्तरको जित हासिल गरेका छन् । लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् ।

लालबाबु पण्डितलाई आफ्नो प्रतिस्पर्धि नै होइन र उनलाई आफु नचिन्ने सार्वजनिक अभिब्यक्ति दिदैँ आएको कोइरालाको हारसँगै नेपाली काँग्रेसलाई निकै ठूलो झड्का लागेको छ । पण्डित एमाले बृत्तमा मात्रै होइन्, सामान्य प्रशासन मन्त्री हुदाँ डिभी र पिआर धारी कर्मचारीले नेपालमा काम गर्न नपाउने नियम ल्याएपछि देशब्यापी उनको चर्चा चुलिएको थियो ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ८ : १५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,