२०८३, २१ भाद्र सोमबार

काभ्रेमा ६० देखि ७० प्रतिशतको हाराहारीमा मतदान

काभ्रेमा ६० देखि ७० प्रतिशतको हाराहारीमा मतदान


धुलिखेल /काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत दोस्रो चरणमा सम्पन्न निर्वाचनमा ६० देखि ७० प्रतिशतसम्म मत खसेको अधिकारीहरुले अनुमान गरेका छन् । जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पौडेलका अनुसार जिल्लाको १८९ मतदान केन्द्र र ३५० मतदानस्थल मार्फत ६० देखि ७० प्रतिशतसम्म मत खसेको छ ।

निर्वाचनमा २ लाख ७२ हजार ७ सय ९२ जना मतदाता सहभागि भएका थिए । जिल्लामा मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । केहि मतदान केन्द्रमा सामान्य विवाद भएपनि अप्रिय घटना भने हुन पाएन् । जिल्लाको कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी तिकल कार्कीले जानकारी दिए । उनका अुनसार अब ब्यालेट बक्स आउने क्रम सुरु हुने र सम्भव भएसम्म आजै मतगणना प्रारम्भ गरिने छ । मत गणना शैक्षिक तालिम केन्द्रमा हुने छ ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ५ : २३ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको