२०८२, २२ पुस मंगलबार

काभ्रेका एसपी सहकुल थापा भन्छन् – मतदान केन्द्रमा घटना भएमा शहरी क्षेत्रमा १५ र ग्रामीण भेगमा २५ मिनेटमा प्रहरी फोर्स पुग्छ

काभ्रेका एसपी सहकुल थापा भन्छन् – मतदान केन्द्रमा घटना भएमा शहरी क्षेत्रमा १५ र ग्रामीण भेगमा २५ मिनेटमा प्रहरी फोर्स पुग्छ


सहकुल बहादुर थापा
प्रहरी उपरिक्षक(एसपी) जिल्ला प्रहरी कार्यालय काभ्रे

जिल्लामा सुरक्षाको अवस्था कस्तो छ ?

सामान्य अवस्थामा भन्दा निर्वाचनको समय संवेदनशिल अवस्था हुन्छ । हामीले कसरी शान्तिपूर्वक निर्वाचन गराउने भनेर योजना बनाएका छौ । त्यसका लागि निर्वाचन विशेष सुरक्षा काभ्रेमा अबलम्वन गरेका छौ ।
निर्वाचनको हरेक मतदानस्थलमा प्रहरी पुगेको छ । उहाँहरुसँग म्यादी प्रहरी समेत रहनु भएको छ । प्रत्येक नगरपालिका र गाँउपालिकामा मोवाईल गस्ती टोली पुगेको छ । प्रहरीसँगै शसस्त्र प्रहरी वल र नेपाली सेनाको टोली समेत हरेक मतदानस्थलमा पुगेको अवस्था रहेको छ । हामीले सबै सुरक्षा निकायले संयुक्त चेकिङ, गस्ती गरेका छौ ।
हरेक गाँउपालिका र नगरपालिकामा सेना र प्रहरीले वेश क्याप खडा गरेको छ ।

काभ्रेमा रहेका अति संवेदनशिल र संवेदनशिल केन्द्रमा कसरी सुरक्षा रणनीति अपनाएको छ नी ?
काभ्रेमा पहिचान भएका अति संवेदनशिल र संवेदनशिल ३३ वटा मतदान केन्द्रमा सुरक्षाकर्मीको बाग्लो उपस्थिथि धेरै गराएको छ । हामीले सबै क्षेत्रमा म्यादी प्रहरीको संख्या समेत बढाएका छौ । हामीले त्यस क्षेत्रमा प्रहरी मोवाइल गस्तीलाई समेत बढाएका छौ । यसैगरी हवाई गस्तीको समेत ब्यवस्था गरेका छौं ।

जिल्लामा अपरिचत व्यक्तिहरुको आगामन बढेको हल्ला छ नी ? प्रहरीले निगरानी कसरी बढाएको छ ?
हामीले काभ्रेका हरेक चेकपोष्ट साँगा,नाला,दोलालघाट,मंगलटार,काभ्रेभज्याङ र भकुण्डेमा हामीले नियमित रुपमा गस्ती र चेकजाँच गरेका छौ । हामीले यो चेकजाँचमा कुनै बिस्फोटक पदार्थ र शंकास्पद व्यक्तिहरुलाई फेला पारेका छैनौ । हामीले आम मतदाताहरुलाई सार्वजनिक सूचना समेत दिएका छौ ।
कृपया आफ्नो घरमा नयाँ मान्छे देख्नु भएमा प्रहरी वा सुरक्षा निकायलाई खबर गरिदिनुस । हामी नियन्त्रणमा लिने छौ । हामीले आम मतदाताहरुलाई घरवाट मतदानस्थलसम्म ढुक्क भएर मत खसाल्न आउन सक्ने सुरक्षाको प्रवन्ध मिलाएका छौ । तपाईहरु ढुक्क भएर मतदान गन्र्र सक्नु हुनेछ ।

मतदाताहरुलाई उम्मेदवारहरुवाटै फोनवाट धम्की आउने क्रम बढेको छ नी ?
हामीलाई कुन उम्मेदवारले कसरी कसलाई धम्की दिए थाहा छैन । त्यसको उजुरी आएमा हामी कारवाही गर्छाै । वाहिर पब्लिकमा कस्ता हल्लाहरु आए भन्दा पनि हामीलाई उजुरी भयो भने कानुन अनुसार कारवाही गर्छौ ।

यो बिषयमा वाम गठवन्धनले बनेपामा पत्रकार सम्मेलन ग¥र्याे त्यो पनि थाहा पाउनु भएन र ?
हामीले त्यो कुरा सुनेको मात्र हो । सुनेको भरमा हामीले कसरी कारवाही गर्न सक्छौ र ? तर हामी त्यस बिषयमा चनाखो रहेका छौ । सुनेको भरमा कानुनी दायरमा ल्याउन सकिदैन ।

घटना घटेको कति समयमा सुरक्षा निकाय घटनास्थलमा जान सक्ने अवस्था छ ?
हामीले सुरक्षको सबै विकल्पाहरु अपनाउने छौ । यदि कहिँ कतै घटना भयो भने शहरी क्षेत्रमा हामी १५ मिनेटसम्ममा घटना घटेको ठाँउमा पुग्न सक्छौ भने ग्रामीण भेग डाँडापारी, कोशीपारी, रोशी र तेमालमा २० देखि२५मिनेटसम्ममा पुग्छौ । हामीले ठाँउ ठाँउमा मोवाइल कमान्डहरु राखेका छौ । हाम्रो हवाईगस्ती समेत हुने भएकाले निर्वाचन शान्तीपुर्ण तवरले हुन्छ ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  ७ : २६ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय