२०८२, १७ कार्तिक आईतबार

काभ्रेको गहना, लम्सालको सपना (भिडियो सहित)

काभ्रेको गहना, लम्सालको सपना (भिडियो सहित)


काठमाण्डौ/लक्ष्मण लम्साल निडर र प्रखर व्यक्ति हुन् । विद्यार्थी राजनीतिको सांगठानिक जीवनमा विभिन्न तह र तप्कामा रही कुशलतापूर्वक विम्मेवारी वहन गरेका लम्साल संगठनमा प्रष्ट राजनैतिक र वैचारिक क्षमता राख्ने व्यक्तिको रुपमा परिचित छन् ।  उच्च शिक्षा अध्ययनका लागि उनी राजधानी छिरेपछि ०५६ सालमा अनेरास्ववियु बानेश्वर क्याम्पस कमिटीको सह–सचिवको जिम्मेवारी लिएर विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका थिए । त्यहीं क्याम्पसको उनी अनेरास्ववियुको अध्यक्ष हुँदै पछि ०५७ सालमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको किल्ला तोड्दै स्ववियु सभापतिमा निर्वाचित भए ।

त्यसपछि उनले अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, बाग्मती अञ्चाल समन्वय कमिटीको सदस्य हुँदै उनले १७ औं राष्ट्रिय सम्मेलनबाट भने वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी पाए । विद्यार्थी हक र अधिकारको निम्ति अनेकन मोर्चामा महत्वपूर्ण योगदान पु¥याएका लम्सालले अनेरास्ववियु १८ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भएपछि बाग्मतीको संयोजक बनेका थिए । अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै संगठन विभागको प्रमुख भएर जिम्मेवारी वहन गर्दै उनी राजनीतिमा थप स्थापित भए ।

अनेरास्ववियु २० औं राष्ट्रिय सम्मेलनबाट उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भूमिकामा पुगे र २१ औं राष्ट्रिय सम्मेलनसम्म अनेरास्ववियुको अध्यक्षको प्रत्यासी बन्दै गर्दा उनी राष्ट्रिय राजनीतिमा समेत स्थापित भइसकेका थिए । हाल नेकपा एमाले केन्द्रीय कृषि भुमिसुधार विभागको सचिवको जिम्मेवारीमा रहेका लम्सालले दुई छिमेकी मुलुक भारत र चीनको भ्रमण गरेका छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका लम्साल काभ्रे मण्डन देउपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् । उनी आगामी मंसिर २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा काभ्रे जिल्ला क्षेत्र नम्बर प्रदेशसभा (क) का प्रत्यक्ष तर्फबाट वाम वगठबन्धका साझा उम्मेदवार हुन् ।

यी हुन् लम्सालको समृद्ध काभ्रे बनाउने योजना
लम्सालले काभ्रेलाई प्रदेशको राजनधानी बनाउन आफू सांसद भएपछि प्रभावकारी रुपमा लविङ गर्ने मूख्य योजना बनाएका छन् । यसैको आधारमा काभ्रेलीमाझ उनी चर्चामा आएका छन् । उनले काभ्रेको पाँचखाललाई कृषि प्राविधिक क्याम्पस स्थापना गरी कृषि अनुसन्धान केन्द्रको रुपमा पाँचखाललाई विकास गर्ने योजना अघि सारेका छन् । कृषिजन्य उद्योगको रुपमा पनि पाँचखाललाई काभ्रेको केन्द्र बनाउने उनको योजना छ ।

लम्सालले मण्डनदेउपुर र पाँचखाललाई चक्रपथ सडक निर्माण गर्ने, धुलिखेल र पलाञ्चोक जस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरी धार्मिक र साँस्कृतिक पर्यटनको विकास गर्ने उनको कार्यक्रम छ । यसैगरी कोशीपारिको विकट क्षेत्रका जनतालाई लक्षित गरी उनले सडकको स्तरोन्नती गर्ने, कोशीपारि पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनमा ल्याउने, सुनकोशी र इन्द्रवती नदीलाई फिसिङ सेण्टरको रुपमा विकास गर्ने योजना बनाएका छन् । जलविद्युत योजना सञ्चालन गरी जिल्लाको आर्थिक सम्मृद्धि गर्ने योजना बनाएका उनले युवा रोजगारीका लागि विभिन्न क्षेत्रका साना उद्योगहरुको स्थापना गरी ग्रामीण भेगमा नै रोजगारीको अवस्था सिर्जना गर्ने बताएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रभित्रका जनतालाई स्वास्थ्य विमाको व्यवस्था गरी जनताको स्वास्थ्य मजबुद गर्ने उनको अर्को योजना छ ।


सुनकोशी र इन्द्रावती सिंचाई परियोजनाको कल्पना गरी चण्डेनी, खरेलथोक, कोशीदेखा, मण्डान क्षेत्र, पाँचखाल, कोशीपारिको भुम्लु लगायतका कृषियोग्य भूमि सिंचित गर्ने उनले संकल्प गरेका छन् । महिला हिंसा अन्त्यका लागि विशेष कार्यक्रम बनाएका लम्सालले मानवअधिकारको सुनिश्चिता दिने प्रतिवद्धता जनाएका छन् । उनले कृषि, पशुपालनलाई आधुनिकीकरणसँगै व्यवसायिक बनाएर जनताको जीवनस्तर सुधार र भुकम्प पीडितहरुका लागि पुनर्वास व्यवस्थापनमा विशेष योजना बनाएका छन् । पाँचखालमा सुख्खा बन्दरगाह र पेट्रोलियम पदार्थको भण्डारण क्षेत्रका रुपमा विकास गर्ने उनको अर्को महत्वपूर्ण योजनाभित्र परेको छ ।

यस्ता छन् लम्सालका प्रतिष्पर्धी सुन्दरमणि
लक्ष्मणका प्रतिष्पर्धी सुन्दरमणि आचार्य पाँचखालका रैथाने हुन् । उनी आफ्नो क्षेत्रका जनतामाझ नरम स्वभाव देखाए पनि काठमाडौंका टोले मशलदारहरुसँग रमाउने उनको रैथाने स्वभाव अहिले पनि कायमै छ । उनको पारिवारिक पृष्ठभूमिका बारेमा पनि निष्ठा र आदर्शवान कांग्रेसीहरु आलोचना गर्ने गर्दछन् । विद्यार्थी राजनीतिबाट आएका आचार्यलाई नेपाल विद्यार्थी संघमा क्रियाशील रहँदा पनि उनले राम्रो छवी नबनाएको उनका समकालिनहरु नै बताउँछन् । उनी राजनीतिक भन्दा पनि नेपाली कांगे्रसभित्र अराजक व्यक्तिका रुपमा परिचत छन् । राजनीतिलाई नियन्त्रण गर्न अराजनीतिक गतिविधि गर्ने गरेका आचार्यको समुहले पाँचखाल नगरपालिकाका वर्तमान प्रमुख महेश खरेलमाथि महिनाअघि साङघातिक आक्रमण गरेको थियो ।

नेपाल तरुणदलका विषयमा खरेलमाथि हातपात गरी आचार्य समुहले खरेललाई अस्पताल नै भर्ना गराएको थियो । गलत गतिविधिका कारण उनी पटक–पटक प्रहरी फन्दामा समेत पर्दै आएका छन् । आफ्नै वडामा समेत पराजय भएको नेपाली कांग्रेसलाई आम पाँचखालबासीले उनको उम्मेदवारीलाई सहर्श स्वीकार गरेका छैनन् । पाँचखाल, खरेलथोक, कोशीदेखा, चण्डेनी, जैशीथोक र कुन्ताबाट सयौं कार्यकर्ताहरुले नेपाली कांग्रेस परित्याग गरी वाम गठबन्धनमा प्रवेश गरेकाले उनी पराजयको संघारमा उभिएका छन् ।

उता वाम गठबन्धनलाई रणबहादुर बोहोर नेकपा माले र नयाँ शक्ति पार्टी नेपालका डा. भरत लामिछानेको सहयोग र सहयात्राले थप उर्जा मिलेको वाम गठबन्धनले बताएको छ । त्यसैगरी राप्रपा प्रजातान्त्रिकले पनि संयुक्त वाम गठबन्धनलाई समर्थन र निर्वाचनमा सशक्त सहयोग गर्ने घोषणाले आचार्यलाई वाम गठबन्धनसँगको प्रतिष्पर्धा फलामको चिउरा सावित देखिएको छ ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ११ : ३९ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा