२०८१, ३ आश्विन बिहीबार

चन्द्र लामाको यस्तो छ पाँच वर्षको १० काम

चन्द्र लामाको यस्तो छ पाँच वर्षको १० काम


काठमाण्डौ/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामा देशभरका युवाहरुको ढुकढुकी बन्न सफल युवा नेता हुन् ।

युवा ब्यवसायी समेत रहेका उम्मेदवार लामा विभिन्न देश पुगेका त्यहाँका विकास मोडल र युवाहरुको अवस्थाका बारे अनुसन्धान गर्ने र आफ्नो देशको नीति निर्माणमा समेत समावेश गर्न अग्रसर भइरहने नेता हुन् । उनी चाइनामा मात्सेतुङले गरेको नयाँ चीनको परिकल्पना र भारतमा महात्मागान्धीले गरेको स्वतन्त्र भारतको परिकल्पना प्रभावित भएको ब्यक्ति हुन् ।

उनी प्रदेशसभाको उम्मेदवार हुदैँ गर्दा ती देशहरु घुम्दा संगालेको अनुभवलाई योजनाका रुपमा अघि सारेका छन् । पाँच वर्षभित्र पूरा गर्ने गरी उनले प्राथमिकता तोकेरै योजना अघि सारेका छन् । समृद्ध काभ्रेको अवधारणालाई आत्मसाथ गर्दै उनले युवालाई आफ्नै जिल्ला र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने मूख्य योजना अघि सारेका छन् ।                                                                                                                                                                    

यस्ता छन् चन्द्र लामाको पाँच बर्षे योजना  

  • १. साँस्कृतिक पहिचान
    -आफ्नो क्षेत्रभित्र पर्ने पनौती, नमोबुद्ध लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा बसोबास गर्ने मतदाताहरुको धर्म, चाडपर्वहरू, कला, साहित्य, भाषा,       भेष्भुषा, बाजागाजा, नाचगान, खानाको परिकारहरू, मूल्य र मान्यता जस्ता संस्कृतिलाई सुद्धिकरण गरी साँस्कृतिक पहिचानको निरन्तर दिइनेछ ।
    – विश्व सम्पदा सूचीमा सूचिकृत पनौती, नमोबुद्ध साथै ऐतिहासिक, साँस्कृतिक, धार्मिक र पूरातात्विक महत्वका स्थानहरु आदिको संरक्षण गर्ने ।
    – संस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्न सङ्ग्रहालय स्थापना ।
    – भलिबल, टेबुल टेनिस, घोडा दौड र सवार, मानव दौड, माउन्टेन बाइकिङ सञ्चालन गर्ने ।

२. सामाजिक विकास
-यस क्षेत्रभित्रका विभिन्नप्रकारको उपभोक्ता समूहहरु, सञ्जालहरु र संघसंस्थाहरु परिचालन गरी काभ्रे जिल्लाकै नमूना क्षेत्र बनाउने ।
– खानेपानी, स्वास्थ्य र शिक्षाको विकास र सबद्र्धन गरिने ।
– सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट उपलब्ध सेवाहरुको व्यवस्थापन र अधिकतम उपयोग ।
– स्थानीय तह, प्रदेश र केन्द्रका साथै अन्र्तराष्ट्रिय दात्री निकायबाट प्राप्त विकास अनुदानको उचीत सदुपयोग गरिने ।

  • ३. आर्थिक सशक्तिकरण
    – स्थापना भइसकेका ऋण तथा वचत समूहरु, सहकारी, फाइनान्स कम्पनीहरु र वैंकहरुको परिचालन र नयाँको स्थापना गर्ने ।
    – परम्परागत मौलिक प्राविधिक ज्ञान, कच्चा पदार्थ र सा–साना पूँजीमा आधारित लघु, साना, मझ्यौला र ठूला उद्योगहरुको स्थापना ।
    – कृषिवन र गैरकृषि वनमा आधारित स्वरोजगारको सिर्जना गर्ने ।
    – वैदेशिक रोजगारीबाट प्राप्त रिमिन्टेन्स्को व्यवस्थापन गर्ने ।
    – युवालाई आफ्नै ठाउँमा स्वरोजगार बनाइने ।
    – विभिन्न बस्तीहरुमा पर्यटन विकासको लागि होम स्टे, लज, होटल, रेष्टुराँहरु सञ्चालन गर्ने
    – निर्माण भएका खोलानालाहरुमा ड्यम निर्माण गरी बोटिङ्, कटेज रेष्टुरेण्ट र फिसिङ सञ्चालन गर्ने ।
    – सम्भावनाको पहिचान गरी यस क्षेत्रका खोलाहरुमा रेन्बो ट्राउट माछा उत्पादनका लागि पहल गरिने ।
    – नियमित बजारको व्यवस्थापन र आवश्यकता हेरेर विभिन्न ठाउँमा साप्ताहिक हाटबजार सञ्चालन गर्ने
    – ग्रामीण तथा गाउँ पर्यटनको विकास गर्ने ।

४. प्राकृतिक सम्पदा संरक्षण र व्यवस्थापन
– महाभारत लेकलाई संरक्षणक्षेत्रको घोषणा गरी डाँडापारीमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गर्ने ।
– सरकारी, सामुदायिक, धार्मिक र निजी वनहरुको व्यवस्थापन गरी जैविक विविधताको संरक्षण गर्ने
– तालतलैया, नदी, झरणा, पोखरी, ढुङ्गे धारा, इनार, कुवा जस्ता पानीको स्रोतहरुको संरक्षण गर्ने ।
– गुराँस, सुनाखरी, जडिबुटी र लोपउन्मुख प्रजातिहरुको संरक्षण गर्ने ।
– लोपउन्मुख प्रजातिका चरा, माछा र जनावरहरुको संरक्षण गर्ने ।
– यस क्षेत्रमा रहेका प्राकृतिक छटाहरु, गुफा, सुरुङ र मनोरम दृष्य र भूबनौटको संरक्षण गर्ने

  • ५. कृषि र पशुजन्य व्यवसायिक उत्पादन
    – कफी, चिया, जुनार, सुन्तला, नास्पाति, आँप, अम्बा, केरा, कटाहर र पूmल खेतिको आधुनिकीकरण र व्यवसायकरण गर्ने ।
    – मौसमी र वेमौसमी व्यवसायीक जैविक सागसब्जी खोतीमा जोड दिइने ।
    – उन्नत जातको पशुपालन गरी दुग्ध र मासु उत्पादनमा आत्मनिर्भर बनाउने ।

६. भौतिक पूर्वाधार
– सडक नपुगेका ठाउँमा सडका विस्तार गर्ने र तालढुंगा सडकलाई बाह्रै महिना सञ्चालन हुने गर्ने स्तरनोन्ति गर्ने ।
– रोशी, अधेरी खोला र अरु सम्भव भएका खोलाहरुमा बाँध बाँधेर जलासययुक्त विद्यृतगृह निर्माण गरी विद्यृतिकरण गर्ने ।
– पर्यटन विकासको लागि पदमार्ग, क्याम्पसाइट र भ्यु–टावरका पूर्वाधारहरु निर्माण गर्ने ।

  • ७. सञ्चार
    – हरेक गाउँपालिका र वडा कार्यालयमा इन्टरनेटको ब्यवस्था गर्ने ।
    – एफ.एम, रेडियो स्थापना गरी नागरिकलाई सुशुश्चित गर्ने ।
    – दैनिक, साप्तहिक, पाक्षिक, अर्धबार्षिक र बार्षिक पत्रपत्रिकाहरु प्रकाशन गर्ने ।

८. राजनीतिक विकास
– स्थानीय उत्पादन र दैनिक उपभोग्य वस्तुहरुको आयात र निर्यात नीति निर्माण गर्ने ।
– राजनीतक दल र दलको नाममा हुने कुनै पनि अवैध कार्यलाई निरुत्साहित गरिने ।
– सामाजिक विकृति र विसंगतीको न्यूनीकरण गर्ने ।
– शान्ति र सुब्यवस्था कायम गर्ने ।

  • ९. स्वाथ्य र सरसफाई
    – स्वस्थ खानेपानको पहुँच सतप्रतिशत नागरिकलाई पु¥याउने ।
    – एक घर एक शैचालयलाई अभियानकै रुपमा सञ्चालन गर्ने ।
    – आफ्नो क्षेत्रभित्रका सम्पूर्ण बालबालिकालाई खोपको प्रत्याभूति गर्ने ।
    – गर्भवती महिला जाँच र डेलीभरी सेवा स्वास्थ्य संस्थामा गर्ने संख्या शतप्रतिशत पु¥याउने ।
    – सामुदायिक स्वास्थ्यलाई प्रवद्र्धन गर्न निजी स्वास्थ्य प्रतिष्ठानहरुको सहभागिता अभिवृद्धि गर्ने ।
    – स्वास्थ्यचौकीको सेवा प्रभावकारी बनाउने र डाँडापारी क्षेत्रमा अस्पताल स्थापना गर्ने ।

१०. जनसंख्या र शिक्षा
– संघन साक्षरता कार्यक्रममार्फत निरक्षर उन्मुलन गर्ने ।
– डाँडापारीमा सुविधा सम्पन्न क्याम्पस स्थापना गर्ने ।
– विद्यालय शिक्षालाई गुणस्तर कायम गर्न कुनै कक्षामा पनि अनुत्तीर्ण नगरी शतप्रतिशत नतिजा
ल्याउने नीति बसाल्ने ।
-आफ्नो क्षेत्रको जनसंख्या योजनाको खाका तय गर्ने
– कुन क्षेत्रमा कति दक्ष जनशक्ति आवश्यक पर्छ त्यसको अनुमानित योजना तय गरी जनशक्ति निर्माणको योजना बनाउने ।
– अशक्त, अपाङ्ग, वृद्ध तथा असहायहरुको विशेष व्यवस्था मिलाउने ।
– एक सन्तान वा दुई सन्तान हुने परिवारलाई छुट्टै प्याकेजको सहुलियत दिने कार्यक्रम तय गर्न पहल गर्ने ।

प्रकाशित मिति : २०७४, १८ मंसिर सोमबार  ११ : १४ बजे

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आवद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य

आजको मौसम अपडेट : यी पाँच प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै