२०८२, २९ फाल्गुन शनिबार

काँग्रेसको आक्षेपः प्रचण्ड अझैपनि आतंककारी

काँग्रेसको आक्षेपः प्रचण्ड अझैपनि आतंककारी


धुलिखेल/ तत्कालिन द्धन्द्धरत माओवादीलाई दउराको फेरमा समाएर शान्ति प्रक्रियामा ल्याएको गुनगान गाउँदै आएको नेपाली काँग्रेसले प्रचण्ड अझै पनि आतंककारीकै सुचीमा रहेको बताएको छ ।

शनिबार काभ्रेको भकुण्डेमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नेपाली काँग्रेसको चुनावी कोणसभामा बोल्दै काँग्रेस केन्द्रिय सदस्य बद्रि पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको नाम अझै पनि आतंककारी सुचिबाट नहटेको दाबी गरे । उनले इन्टरपोलको रेडकर्नर नोटिसले अहिलेसम्म पनि दाहालको नाम आतंककारीको सुचिमा राखेको भन्दै आतकंकारीसँग गठबन्धन गर्ने एमालेका अध्यक्ष केपी शार्मा ओली र एमालेको हैसियत समाप्त भएको टिप्पणी गरे ।

भकुण्डे कोणसभामा काँग्रेसले ७ हजार जनता भेला भएको दाबी गरेपनि अधिकांश ब्यक्ति बाह्य जिल्लाबाट भित्र्याएको काँग्रेसका एक जिल्ला सदस्यले नाम उल्लेख नगर्ने सर्तमा बताए । यसको प्रमाण हो साविकको कटुञ्जेबेसी गाविस । रोशीगाउँपालिका अन्तर्गत पर्ने कटुञ्जेबाट उक्त भेलामा ७ जना मात्रै पुगेको स्रोतले बतायो । कटुञ्जे नेपाली काँग्रेसले आफ्नो पटक क्षेत्र बन्दै आएको थिए ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुर सिं लामा, निर्वाचन परिचालन समितिका संयोजक एवं निवर्तमान सभापति शिवप्रसाद हुमागाई, राप्रपा नेपालका केन्द्रिय सदस्य सत्यमान लामा, प्रतिनिधि सभा काभ्रे क्षेत्र नं.१ का उम्मेदवार तिर्थ लामा, प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा २ का उम्मेदवार गणेश लामा, प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा १ का उम्मेदवार सिबी लामा लगायतले बोलेको थिए ।

प्रकाशित मिति : २०७४, १७ मंसिर आईतबार  ९ : ३६ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज