२०८३, १६ जेष्ठ आईतबार

श्रीखण्डपुर सहकारी दशौ वर्षमा प्रवेश

श्रीखण्डपुर सहकारी दशौ वर्षमा प्रवेश


धुलिखेल / श्रीखण्डपुर वचत तथा ऋण सहकारी संस्था लि धुलिखेल ५ को दशौ वार्षिक साधारण सभा गत शनिवार सोहि सहकारीका एस .ई.ई.परीक्षामा उक्तिर्ण १२ जना विद्यार्थीहरुले मनै वत्ति बालेर संयूक्त रुपमा उद्धाटन गरि सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरि गोपाल प्रधानाङ्गको सभापतीत्वमा भएको कार्यक्रममा हरीगोपाल प्रधानाङ्गले अध्यक्षको, कोषाध्यक्ष प्रेम कर्मार्चायले कोषाध्यक्षको, सचिव राजेन्द्र कर्माचार्यले सचिवको, लेखा समितिको प्रतिवेदन लेखा संयोजक सुन्दरलाल रंजितकारले प्रस्तुत गरेका थिए । उक्त सवै प्रतिवेदनहरु राय सुझाव सहित पारित गर्दै ०७३÷७४ मा गरेका सम्पुर्ण निर्णयहरुलाई अनुमोदन गरी ०७४÷७५ को लागि रु १८,६२,००० को अनुमानित वजेट पारीत भएको थियो ।

कार्याक्रममा उत्कृष्ट शैक्षिक वचत कर्जा समिप श्रेष्ठ, उत्कृष्ट ऋण कारोवार गर्ने रमेश लामिछाने र नियमित वचत कर्ता सविना शाहि लाई संस्थाले सम्मान गरेको थियो । यसैगरी एस. ई. ई उक्तिर्ण भएका वाल वचत कर्ता निराज शाहि, सचिना श्रेष्ठ, प्रिति श्रेष्ठ, सुमित श्रेष्ठ, सौरव श्रेष्ठ, सलिना मानन्धर प्रिन्स मानन्धर, राम सुवाल, रासिका कर्माचार्य, अनिमा कर्माचार्य, रिया कर्माचार्य तथा रुवरुप कर्माचार्यलाई प्रमाण पत्र सहित सम्मान गरिएकोे थियो । साथै स्थापना काल देखि शेयर सदस्य बनेका पूष्पलाल श्रेष्ठको निधन भएकाले निजको परिवारलाई राहात समेत प्रदान गरियो ।

यसैगरी स्थानिय निर्वाचनमा धुलिखेल नगरपालिका वडा नं ५ श्रीखण्डपुरका वडा सदस्यमा निर्वाचित संस्थाका उपाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ तथा नेपाल राष्ट्रिय शिक्षक संगठन धुलिखेल को अध्यक्षमा निर्वाचित यस संस्थाका सचिव राजेन्द्र कर्माचार्यलाई दशौ वार्षिक साधारण सभाको अवसरमा खादा ओढाई सम्मान गरिएको थियो ।

यस संस्थाले ७८ लाख ८९ हजार ७ सय ३६ निक्षेप संकलन गरी ७३ लाख ३३ हजार ९ सय ऋण लगानी गरी निम्न आय भएका शेयर सदस्यहरुलाई सघाउ पुग्ने कार्य उक्त संस्थावाट भईरहेको जानकारी हुन आएको छ ।

प्रकाशित मिति : २०७४, २९ कार्तिक बुधबार  ९ : ५८ बजे

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित

टुँडीखेलमा गणतन्त्र दिवसको भव्य समारोह, राष्ट्रपतिदेखि विशिष्ट व्यक्तित्वसम्मको सहभागिता

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष

गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा विशेष समारोह

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष