२०८३, १९ भाद्र शनिबार

कांग्रेसले काभ्रेको एक नम्बरमा झण्डा र पोष्टर च्यात्यो काँग्रेसलाई अप्रिय घटनाको सामना गर्न बमध्वजको चेतवनी

कांग्रेसले काभ्रेको एक नम्बरमा झण्डा र पोष्टर च्यात्यो काँग्रेसलाई अप्रिय घटनाको सामना गर्न बमध्वजको चेतवनी


बनेपा । काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने डाँडापारि क्षेत्रमा वाम गठबन्धनका संयुक्त उमेद्वारहरुको चुनावी प्रचार सामग्रीहरु नेपाली कांग्रेसका कार्यकर्ताहरुले च्यातेको खबर छ ।

हिजो वाम गठबन्धनका नेता कार्यकर्ताहरुले रोशीलाई जानकारी गराउँदै भने– ‘डाँडापारिका विभिन्न स्थानमा हाम्रो झण्डा, पोष्टर तथा तोरणहरु च्यातेर नेपाली कांग्रेसले वामहरुसँग जोरी खोजेको छ ।’ वाम गठबन्धनका महाभारत गाउँपालिका वडा नं. २ को स्याप्ले डाँडा, महाभारत गाउँपालिकाकै वडा नं. ३ मा रहेको सानोपोखरा र खानीखोला गाउँपालिकाको वडा नं. ४ जगथलीमा चुनावी पोष्टर र झण्डाहरु च्यातिएको हो । वाम गठबन्धनका पोष्टर च्यातेको काभ्रे निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका कांग्रेस उमेद्वार तीर्थ लामाका कार्यकर्ताहरुले स्वीकार गरेका छन् ।

चुनाव प्रचारमा जनताको सहभागिता उत्साहपूर्ण भएपछि नेपाली कांग्रेस आत्तिएर गुण्डागर्दी र झडप निम्त्याउँदै निर्वाचन विथोल्ने मनस्थितिका साथ निर्वाचन आचारसंहिता विपरित कार्य गरेको वाम गठबन्धनका जिल्ला नेताहरुले बताएका छन् । वाम गठबन्धनका प्रतिनिधिसभा उमेद्वार बमध्वजले वामपन्थीहरु संयमित भएर हिडेको अवस्थामा अप्रिय घटना निम्त्याउन खोजिंदैछ, उनले भने– हामी मानवअधिकारवादी संघ÷संस्था, प्रशासन, निर्वाचन आयोग र मिडिया सहित सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौं कि वाम गठबन्धनको संयमताका लागि कमजोरी नठानियोस ।

उनले अनुरोधका साथ चुनौती दिंदै भने–त्यस्तो हेपाहा प्रवृत्तिको शसक्त प्रतिकार गर्न वाम गठबन्धन तयार छ । वामपन्थीको मानमर्दन नगरियोस, हामी चाहन्छौं अप्रिय घटना नहोस र जनतामा आतंक नफैलियोस । शान्तिपूर्ण रुपमा प्रतिष्पर्धामा उत्रन आग्रह छ, नत्र यस्तो गलत क्रियाकलाप गर्न उक्साउने नेता र पार्टीले त्यसबाट हुने अप्रिय घटनाको जिम्मेवारी लिनु पर्नेछ ।

 हुमागाई भन्छन्ः थाहा छैन
पोष्टर र झण्डा खानीखोला गाउँपालिका वडा नं. ४ का पराजित वडा अध्यक्ष कांग्रेसका उमेद्वार छेत्रबहादुर तामाङको निर्देशनमा च्यातिएको स्थानीयहरुले बताएका छन् । उता नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईले भने आफू निर्वाचन प्रचारप्रसारको टोलीमा नै नियमित सहभागी भइरहेको र त्यस्तो कतै भएको आफूलाई जानकारी नभएको बताए । वामपन्थी साथीहरुसँग हाँसीखेली नै भएको छ, भेटमा सौहार्दता भएको आफूले पाएको छु, उनले भने– हामीले निर्वाचनलाई एउटा पर्वको रुपमा लिएका छौं ।

त्यस्तो नहुनुपर्ने हो, गलत सन्देश कसरी आएको छ, मलाई थाहा छैन । हाम्रो सम्बन्ध भाइचराको छ, निर्वाचन प्रचार अभियानमा रहेका हुमागाईले ताल्ढुंगाको साल्धाराबाट फोन सम्पर्कमा भने । प्रहरीले घटना पोष्टर च्यातिएको सूचना प्राप्त भएको र कोबाट के भएको सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ । जिल्ला निर्वाचन कार्यालय भने यस्तो मानमर्दन हुने कुनै पनि क्रियाकलाप गर्न कोही कसैले पनि नपाउने र प्रमाणित भएमा कारबाहीका लागि आयोगमा पठाउने बताउँछ ।

 डाँडापारिबाट ग्याम्जो लामाको  स्थलगत रिपोर्ट

प्रकाशित मिति : २०७४, २८ कार्तिक मंगलबार  ८ : ५३ बजे

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ

बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल मौसम र विकट भूगोल चुनौति

काठमाडौं । विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवा र नुवाकोट क्षेत्रमा

नुवाकोटका बाढीपीडितलाई कोरिया रिटर्नी संस्थाहरूद्वारा संयुक्त राहत सामग्री हस्तान्तरण

काठमाडौं । भदौ १० गतेको बाढीबाट प्रभावित नुवाकोटका बासिन्दालाई दक्षिण

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक