२०८२, १६ असार सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी युएई जानुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी युएई जानुहुँदै


काठमाडौं । राष्ट्रपति विद्यादवी भण्डारी सोमबार ३ बजे यूएईतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । युएई अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारी कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमणमा रहनु हुनेछ ।

मंगलबार राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी दुबै इमिरेटको भ्रमणमा पनि जानुहुनेछ । नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचको छलफल आपसी हित र द्वीपक्षीय सहयोगका विषयमा केन्द्रित हुने उल्लेख छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दुतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७४, २७ कार्तिक सोमबार  १० : ३६ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको