२०८३, ३० असार बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी युएई जानुहुँदै

राष्ट्रपति विद्यादेवी भण्डारी युएई जानुहुँदै


काठमाडौं । राष्ट्रपति विद्यादवी भण्डारी सोमबार ३ बजे यूएईतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ । युएई अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारी कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमणमा रहनु हुनेछ ।

मंगलबार राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी दुबै इमिरेटको भ्रमणमा पनि जानुहुनेछ । नेपाल र युएईबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचको छलफल आपसी हित र द्वीपक्षीय सहयोगका विषयमा केन्द्रित हुने उल्लेख छ ।

परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दुतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । राष्ट्रपति भण्डारी भ्रमण पूरा गरी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७४, २७ कार्तिक सोमबार  १० : ३६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै