२०८२, २२ मंसिर सोमबार

काभ्रेको हरेक घर घरमा बामपन्थी, बनाउने छौँ प्रदेश नम्बर तीनको राजधानी

काभ्रेको हरेक घर घरमा बामपन्थी, बनाउने छौँ प्रदेश नम्बर तीनको राजधानी


धुलिखेल/निर्वाचन नजिकीदै गर्दै काभ्रेमा बाम गठबन्धनले चुनावी प्रचारप्रसारलाई निकै तिब्र र आक्रमक बनाएको छ । जिल्लाका सबै स्थानीय तहमा संयुक्त भेला गरिसकेको बाम गठबन्धन अहिले घरदैलो अभियानमा तिब्रताका साथ जुटेको छ । काभ्रेमा प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचन दोस्रो चरणमा मंसिर २१ गते हुदैँ छ ।

कम्युनिष्टहरुको लालकिल्लाको रुपमा चिनिएको जिल्ला काभ्रेमा बामगठबन्धनले आफ्ना सबै भ्रातृ संघसंगठनका समेत संयुक्तभेला सकाइसकेको छ । संयुक्त भेलासँगै एकता बद्ध भएर चुनावी प्रचारप्रसारमा जुटेका छन् । अहिले जिल्लाका हेरक घर घरमा बामगठबन्धनका उम्मेदवार सहित विभिन्न तह र तप्काका नेता कार्यकर्ता जनमत आफ्नो पक्षमा पार्न चुनावी अभियानमा छन् । बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गंगालाल दोङ, प्रदेशसभा १ (क) मा रत्न ढकाल र (ख) मा चन्द्र लामा उम्मेदवार छन् । त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका प्रखर नेता गोकुल बास्कोटा, प्रदेशसभा २ (क) मा लक्षमण लम्साल र (ख) मा बसुन्धरा हुमागाई उम्मेदवार छन् । अहिले उनीहरु आफ्नो पक्षमा मत सिर्जना गर्न र बामगबन्धनको सन्देश दिन गाउँ गाउँ पुगिरहेका छन् । उनीहरुले भोट मात्रै मागिरहेका छैनन् । भोट हाल्ने तरिका समेत सिकाई रहेको बाम पत्रकार चुनाव प्रचारप्रसार समितिका संयोजक हिरामान लामाले जानकारी दिए ।

जिल्लाको अति दुर्गम मानिने डाँडापारी, कोशीपारी लगायत यातायातको राम्रो पहुँच नभएको ठाउँमा समेत यतिखेर बामगठन्धनका उम्मेदवारहरु पुगेका छन् । बामगठबन्धनले स्थानीय तहको विकास सँगै काभ्रे जिल्लालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने संकल्प सहित बृद्धबृद्धा, किसान, मजदुर, शिक्षक, विद्यार्थी सहित आम मतदाताको कुरा सुन्न घरदैलो अभियानलाई तिब्र बनाएको बाम गठबन्धन निर्वाचन परिचालन कमिटीका प्रमूख टोक बहादुर वाईबाले जानकारी दिए । “हामी किसान, मजदुर, श्रमजिवी वर्गको घर घरमा पुरेर भोट मात्रै मागिरहेका छैनौँ, उनले खबरघरसँग भने “मतदाताको कुरा सुन्ने र बामगठबन्धनले आगामी दिनमा गर्ने योजना प्रष्ट पारिरहेका छौँ ।”

बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार काभ्रेमा बामगठबन्धन निकै अगाडी देखिन्छ । जिल्लाको ६ वटा नगरपालिका मध्ये धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध र मण्डनदेउपुर गरी ५ नगरपालिकामा एमालेको जित भएको थियो । त्यस्तै ७ वटा गाउँपालिका मध्ये खानीखोला र भूम्लु गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो । त्यसैगरी माओवादी केन्द्रले चौरिदेउराली र महाभारत गाउँपालिकामा जित हासिल गरेको थियो भने नेपाली काँग्रेसले पाँचखाल नगरपालिका, बेथानचोक र रोशी गाउँपालिकामा मात्रै जीतेको थियो । स्थानीय तहमा प्राप्त मतलाई समेत ध्यानमा राखेर विशेष रणनीतिका साथ मतदाता माज बामगठबन्धनका उम्मेदवारहरु पुगेका छन् ।

प्रकाशित मिति : २०७४, २६ कार्तिक आईतबार  २ : ४९ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला