२०८२, २१ असार शनिबार

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, सेमिफाइनल यात्रा मुस्किल

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, सेमिफाइनल यात्रा मुस्किल


काठमाडौं/ मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल शनिबार बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको छ ।

४० ओभरमा १८१ रनको लक्ष्य बंगलादेशले एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका बेलामा नेपालले पहिलो बलमै एक विकेट लिएपनि त्यसपछिको चार बलमै बंगलादेश विजयी भयो । नेपालका कमल सिंह र सन्दीप लामिछानेले २–२ विकेट लिए । बंगलादेशका नइम शेखले ५२ तथा अफिफ हुसेनले ३३ रन जोडे ।

 

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । भीम सार्कीले ४० बलमा ४४, रोहितकुमार पौडेलले ५४ बलमा ४० तथा आसिफ शेखले ५२ बलमा ३० रन बनाएका थिए । ‘डकवर्थ लेविस’ नियमका आधारमा बंगलादेशलाई ४० ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो । यो हारले भने नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । समूह ‘ए’बाट यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो ।

आइतबार नेपालको भिडन्त भारतसँग हुनेछ । नेपालले भारतलाई पराजित गर्न सकेमात्र सेमिफाइनल यात्राको ढोका खुला हुनेछ । यस्तै, अर्को समूहबाट लगातार दुई जित हासिल गर्दै श्रीलंका सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको श्रीलंकाले शनिबार दोस्रो खेलमा अफगानिस्तानलाई ६१ रनले पराजित गर्‍यो । यो समूहको अर्को टिम पाकिस्तान हो ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ४ : २८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न