२०८२, १ चैत्र सोमबार

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, सेमिफाइनल यात्रा मुस्किल

नेपाल बंगलादेशसँग २ विकेटले पराजित, सेमिफाइनल यात्रा मुस्किल


काठमाडौं/ मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल शनिबार बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको छ ।

४० ओभरमा १८१ रनको लक्ष्य बंगलादेशले एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर पूरा गरेको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका बेलामा नेपालले पहिलो बलमै एक विकेट लिएपनि त्यसपछिको चार बलमै बंगलादेश विजयी भयो । नेपालका कमल सिंह र सन्दीप लामिछानेले २–२ विकेट लिए । बंगलादेशका नइम शेखले ५२ तथा अफिफ हुसेनले ३३ रन जोडे ।

 

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । भीम सार्कीले ४० बलमा ४४, रोहितकुमार पौडेलले ५४ बलमा ४० तथा आसिफ शेखले ५२ बलमा ३० रन बनाएका थिए । ‘डकवर्थ लेविस’ नियमका आधारमा बंगलादेशलाई ४० ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो । यो हारले भने नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । समूह ‘ए’बाट यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो ।

आइतबार नेपालको भिडन्त भारतसँग हुनेछ । नेपालले भारतलाई पराजित गर्न सकेमात्र सेमिफाइनल यात्राको ढोका खुला हुनेछ । यस्तै, अर्को समूहबाट लगातार दुई जित हासिल गर्दै श्रीलंका सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको श्रीलंकाले शनिबार दोस्रो खेलमा अफगानिस्तानलाई ६१ रनले पराजित गर्‍यो । यो समूहको अर्को टिम पाकिस्तान हो ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ४ : २८ बजे

पेट्रोलमा १५ र डिजेल-मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नेपाल सरकार को मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

कांग्रेसले टुंग्यायो समानुपातिक सूची, २० मध्ये १५ जना महिला

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभातर्फका २० जना समानुपातिक सांसदहरूको

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी