२०८२, २९ पुस मंगलबार

वर्षमान पुनको गाडीमा हमला, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ

वर्षमान पुनको गाडीमा हमला, विप्लवका कार्यकर्तासँग दोहोरो फायरिङ


रोल्पा /रोल्पा जिल्लाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको दाबी पुनले गरेका छन् ।

विस्फोटका कारण गाडीमा दुईवटा गाडीमा सामान्य क्षति भए पनि गाडीमा रहेका सबैजना सकुशल रहेको पुनले जानकारी दिए । विस्फोट लगत्तै बाटो छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए । उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले बतायो ।

वर्षमान पुनसमेत चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार जयपुरी घर्ती पनि थिइन् । गाडीमा रोल्पा २ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि थिए । एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती एउटै टाेलीमा भए पनि छुट्टै गाडीमा थिए । विस्फोटनको घटनालगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन गरेर घटनाको स्थितिबारे सोधेका थिए । शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  १ : १४ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र